१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदको कार्यक्रम स्थगन गरेर मल उपलब्ध गराउनेबारे छलफल गर्न एमालेकाे माग

नेकपा एमालेले संसदको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउने विषयमा छलफल केन्द्रित गर्न माग गरेको छ।

सोमबार एमालेका १५ जना सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै प्रमुख सचेतक भट्टराईले किसानले मल कहिले पाउँछन् सो विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका हुन्। 

उनले मलको अभावको विषयमा सरकारलाई पहिले नै जानकारी भएपनि यथोचित कदम चाल्न नसकेको बताए। उनले मल केहि दिनमा आउँछ भनेर मन्त्रीहरुले भन्ने गरेको उल्लेख गर्दै कुन दिन किसानले मल पाउने हो त्यसको जवाफ दिनुपर्ने बताए। 

उनले भने, ‘संसदको बैठकको कार्यसूचीलाई स्थगन गरेर राष्ट्रिय महत्वको विषय भएर स्थगत प्रस्ताव राखेर मल कहिले आउँछ ? कुनदिन किसानले पाउँछन् र कहाँबाट ल्याउनुहुन्छ यि सबै कुराको एक एक जवाफ आज हामीले प्रतिनिधि सभा समक्ष खोजेको कुरा म राख्न चाहान्छु। नेपाल सरकारले मलको कुरामा यथोचित कदम चालेन भने, जब अरु देशबाट हामीले आयात गर्नुपर्छ र अहिले अन्तर्राष्ट्रिय बजारमा मलको संकटहरु छन् भन्ने कुरा आज थाहा पाएर त हुँदैन होला ? हिजो अस्ति नै थाहा थियो होला नि सरकारलाई। अस्ति यहाँ एक जनाले जवाफ दिदा भन्नुभयो केहीदिन पछि मल आउँदैछ भन्नुभएको थियो। केही दिन भनेको कहिले हो ? पछि माग फागुनतिर हो कि ? कहिले हो केहीदिन भनेको ? त्यसको पनि हामीले जवाफ खोजेका छौँ।’

उनले किसानलाई मल दिन नसके सरकारले खाद्यान्न आयातलाई घटाउन नसक्ने बताए। प्रमुख सचेतक भट्टराईले मल अभावको विषयमा बजार, संसद तथा सञ्चार माध्यमहरु बारम्बार बोलिरहेको भएपनि सरकार यसप्रति बेखबर रहेको टिप्पणी गरे। मलको अभावमा जनता रोइरहको बोलामा सरकार मुकदर्शक भएर बसेको उनले बताए।

किसानलाई मल उपलब्ध गराउन सरकार र सरकारका मन्त्रीहरु जिम्मेवार नभएको उनले बताए।

प्रकाशित: ३० जेष्ठ २०७९ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App