१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौँले दियो प्रशिक्षण

नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा दुई दिनको प्रशिक्षण दिएको छ।

पार्टीको निर्वाचन सम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालन सम्बन्धी कानुनी व्यवस्था, सङ्घ, प्रदेश र स्थानीयको अधिकार क्षेत्र बारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा नेकपा एमालेले प्रशिक्षण दिएको हो।

बुढानीलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालन सम्बन्धी प्रशिक्षण काठमाडौँका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए।

बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ नगरपालिका, २१ र २२ गते गोकर्णेश्वर र कागेश्वरी नगरपालिका, २२ र २३ गते टोखा नगरपालिका २३ र २४ गते नागार्जुन र चन्द्रागिरी नगरपालिका २४ र २५ गते शंखरापुर र तारकेश्वर नगरपालिका २५ र २६ गते काठमाडौं नगरपालिकाका जनप्रतिनिधिलाई तालिम दिइएको अध्यक्ष निरौंलाले बताए। तालिममा काठमाडौं जिल्ला अन्तर्गत रहेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, नगर कमिटी र जिल्ला कमिटीका तोकिएका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

तालिममा कृष्ण राई, विन्दा पाण्डे, मिलन धरेल, रामशरण प्याकुरेल, कमान सिंह, रामप्रसाद भट्टराई, ज्ञानमाया डंगोल, सरिता न्यौपाने, लक्ष्मी सापकोटा लगायतले प्रशिक्षण दिएका थिए। पार्टी स्कुल विभाग अन्तर्गत उषाकिरण भण्डारीको संयोजकत्वमा तालिम सम्पन्न भएको निरौलाले बताए।

प्रकाशित: २६ जेष्ठ २०७९ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App