४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेतृत्व चयन गर्न ताप्लेजुङ जिससको निर्वाचन जेठ ३१ मा हुने

जिल्ला समन्वय समिति ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि जेठ ३१ गते निर्वाचन हुने भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ ३१ गते निर्वाचन हुने गरी कार्यतालिका निर्माण गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिए। उनका अनुसार जेठ २८ गते मनोनयनको कार्यक्रम राखिने छ। २९ गते उम्मेदवारी फिर्ता र दावी विरोधको सम्भावित कार्यसूची रहने बास्तोलाले जानकारी दिए।

यस्तै ३० गते मौन अवधि र ३१ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रमको सूची प्रकाशित हुने तयारी गरिएको छ। ९ पालिका रहेको ताप्लेजुङको जिल्ला समन्वय समितिको निर्वाचनमा १८ जना मतदाता रहने छन्। गठबन्धन दलहरुले समन्वय प्रमुख र एक सदस्य माओवादी केन्द्र, उपप्रमुख नेकपा एस र बाँकी ६ सदस्यीय काँग्रेसले पाउने गरी सहमतिको खाँका तयार गरेकोले गठबन्धन दलबीच कुनै समस्या नआए गठबन्धन पक्ष निर्वाचनमा विजयी हुने अवस्था छ।

१८ मध्ये काँग्रेस र एमालेको समान ६–६ मत,माओवादी केन्द्रको ५ र नेकपा एसको १ मत रहेको छ। समन्वय प्रमुखमा गठबन्धन पक्षबाट माओवादी केन्द्रका १ नं प्रदेश कमिटी सचिवालय सदस्य मिङ्माडण्डु शेर्पा र उपप्रमुखमा नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ शेर्पाले उम्मेदवारी दिने निश्चित जस्तै भएको स्रोतले जनाएको छ। यद्यपी दुबै दलले उम्मेदवारबारे आधिकारिक निर्णय भने गरिसकेका छैनन्।

एमालेले पनि निवर्तमान समन्वय प्रमुख घनेन्द्र मादेनको नेतृत्वमा उम्मेदवारी दिने तयारी गरिररहेको बुझिएपनि पार्टीबाट को उम्मेदवार बन्ने भन्ने बारेमा आधिकारिक निर्णय भने गरिसकेको छैन।

प्रकाशित: २४ जेष्ठ २०७९ १४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App