२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङ समन्वय समितिमा नेतृत्वका लागि गठबन्धन दल सहमति नजिक

ताप्लेजुङका सत्तारुढ घटकहरु यसअघि गरिएको सहमति अनुसार नै जिल्ला समन्वय समितिमा नेतृत्व लिनदिन सहमति नजिक पुगेका छन्।

स्रोतका अनुसार समन्वय प्रमुख र एक जना सदस्य माओवादी केन्द्रले पाउने छ भने नेकपा एसले समन्वय उपप्रमुख पाउने छ। नौं सदस्यीय जिल्ला समन्वय समितिको बाँकी ६ सदस्य कांग्रेसले पाउने गरी सहमतिको पेरीफेरीमा छलफल भइरहेको स्रोतले जनाएको छ।

यद्यपि गठबन्धन दलहरुले यसका बारेमा आधिकारिक केही बताएका छैनन्। तीन दलिय गठबन्धनको सहमति पत्रमा हस्ताक्षर नगरेको तथा पूर्व सहमति विपरीत उम्मेदवारी दिएको भन्दै कांग्रेसभित्र गठबन्धन पक्षधर नेकपा एसलाई समन्वय उपप्रमुख नदिन दबाव रहेको बताइदैं आएको थियो।

गठबन्धन दलहरु बीचमा यस्तै सहमति भए गठबन्धनबाट माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य मिङ्माडण्डु शेर्पा समन्वय प्रमुख र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ शेर्पा उपप्रमुखको उम्मेदवार बन्ने सम्भावना छ। मिङ्माडण्डु फक्ताङलुङ गाउँपालिकाबाट र छिरिङ मिक्वाखोला गाउँपालिकाबाट कार्यपालिका सदस्य बनेका हुन्।

माओवादीमा फुङलिङ नगर कमिटी अध्यक्ष गंगाराम शंकर पनि समन्वय प्रमुखका आकांक्षी हुन्। तर शेर्पाको सम्भावना बलियो रहेको बताइन्छ। गठबन्धन दलबीच सहमति बनेर पदीय भागबण्डा भए पार्टीका तर्फबाट कसलाई उम्मेदवार बनाउने भन्ने बारे गठबन्धन दलहरुले अहिलेसम्म कुनै औपचारिक निर्णय भने गरेका छैनन्।

नौ स्थानीय तह रहेको ताप्लेजुङमा समन्वय समितिका पदाधिकारी तथा सदस्य चुन्नका लागि १८ जना मतदाता रहने छन्। जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यको निर्वाचनका लागि सम्बन्धित जिल्लाका स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मतदाता हुनेछन्।

यहाँ कांग्रेसले ४ प्रमुख र २ उपप्रमुख गरी ६, एमालेले ३ प्रमुख र ३ उपप्रमुख गरी ६, माओवादीले २ प्रमुख र ३ उपप्रमुख गरी ५ र नेकपा एसले १ उपप्रमुख पद जितेका छन्। यसो गर्दा गठबन्धन पक्षधर कांग्रेस, माओवादी र नेकपा एसको पक्षमा १२ मत र नेकपा एमालेको पक्षमा ६ मत देखिएको छ।

दश जना भए बहुमत पुग्ने अवस्थामा गठबन्धन पक्षधरबीच टकराव नआए गठबन्धन पक्ष सुविधाजनक बहुमतमा देखिएको छ। तीन दलियय गठबन्धनको सहमति पत्रमा हस्ताक्षर नगरेको तथा पूर्व सहमति विपरीत उम्मेदवारी दिएको भन्दै कांग्रेसभित्र गठबन्धन पक्षधर नेकपा एसलाई समन्वय उपप्रमुख नदिन दबाव रहेको बताइदैं आएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७९ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App