१० माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

फोरम नेताद्वारा नाकाबन्दीको विरोध

इलाम- भारतको अघोषित नाकाबन्दीले राजधानीलगायत देशैभरको जनजीवन प्रभावित हुँदै गर्दा मेची पहाडस्थित संघीय समाजवादी फोरम नेपालका अधिकतर नेता–कार्यकर्ता यसको विरोधमा उभिएका छन्। उनीहरुले नेपालको आन्तरिक समस्यामा भारतको हस्तक्षेप नसुहाउने बताए।

अध्यक्ष उपेन्द्र यादवले आइतबार विराटनगर आएर 'वार्ता र आन्दोलन एकसाथ अघि बढाउने' प्रतिक्रिया दिएपछि फोरम नेपालका इलाम, पा"चथर र ताप्लेजुङका नेता–कार्यकर्ताले 'आन्तरिक समस्यामा कसैलाई नगुहार्न र मिलेर समाधान गर्न' सुझाव दिएका हुन्। नाकाबन्दीले इन्धन र खाद्यान्न अभाव सिर्जना भइसकेको अवस्थामा यसक्षेत्रमा उत्पादित अदुवा, अलैंची, तरकारीजस्ता नगदे बाली निकासीमा समेत समस्या निम्तिएकाले जतिसक्दो चाँडो अस्थिरता अन्त्य हुनुपर्ने उनीहरुको भनाइ छ।

'देशको समस्या भित्रैबाट मिलाउनुपर्छ, कसैलाई गुहार्नुहुँदैन,' फोरम नेपालका इलाम अध्यक्ष देवेन्द्र राई भन्छन्, 'भारतलाई गुहार्दा उसले केही न केही स्वार्थ राखेकै हुन्छ, जसले भविष्यमा झन् ठूलो समस्या निम्त्याउँछ।' घरेलु समस्यामा भारतको हस्तक्षेप हु"दा 'भाइ फुटे गँवार लुटे' भनेजस्तो स्थिति निम्तिने शंका गर्दै उनले मधेसी र थारुका जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए।

नाकाबन्दीले का"कडभिट्टा नाका अवरुद्ध हुँदा इलामका किसानले अदुवा र तरकारी बिक्रीमा समस्या खेप्नु परिरहेको छ। 'नाकाबन्दी लम्बियो भने आमनागरिकले धेरै दुःख पाउ"छन्, त्यसैले सकेसम्म चा"डो राजनीतिक निकास निकाल्नुपर्छ,' राईको सुझाव छ, 'शक्तिराष्ट्र हु" भन्दैमा भारतले पनि ठालु पल्टिनुहु"दैन, नेपालीलाई मिलाउनतिर लाग्नुपर्छ।'

संविधानप्रति मधेसी, थारु र अरु कतिपय समुदायको असन्तुष्टि हु"दाहु"दै पनि भारतले नाकाबन्दी लगाएर हस्तक्षेप गर्नु दुःखद भन्दै फोरम नेपालका इलाम सचिव याम लिम्बुले यसलाई 'हेपाहा प्रवृत्ति' को संज्ञा दिएका छन्। तीन दलले संविधानलाई पेवा बनाउन खोज्नु मूर्खतापूर्ण भएको भन्दै लिम्बुले चित्त नबुझेका विषयमा आन्दोलनकारीस"ग वार्ता गरेर यथोचित माग पूरा गरी मुलुकलाई हिंसामुक्त राख्नुपर्ने बताए। 'संविधानले निम्तिएको रडाको नाकाबन्दीसम्म पुग्नु हु"दैनथ्यो, अब मिल्नुपर्छ,' उनले भनजे।

आफ्ना जायज मागप्रति देशभित्रै समाधान खोज्नुपर्नेमा भारतलाई गुहार्न नहुने भन्दै त्यसो गर्नेहरू राष्ट्रवादी नहुने राईको ठम्याई छ। 'आपसी खिचातानी बढ्दा भारतले नाकाबन्दी गर्नु नाजायज काम हो,' उनले भने, 'स्थिति जटिल बन्न नदिन पार्टी नेतृत्व गम्भीर हुनैपर्छ।'

संविधानले सारा देशवासीलाई खुसी तुल्याउन नसके पनि 'भारतलाई गुहार्नु राष्ट्रियताविरोधी काम' भन्दै फोरम नेपालका पा"चथर अध्यक्ष राजेश सुब्बा समस्याको समाधान स्वदेशभित्रै खोज्नुपर्ने बताउ"छन्। आफू फुट्दा अरुले फाइदा लिने र त्यसको असर पुस्तौंसम्म पर्ने भन्दै सुब्बाले मधेसीका सान्दर्भिक मागप्रति संवेदनशील भई वार्ता गर्न सरकारलाई सुझाव दिए। 'संवाद र सुझावबाटै निकास निकाल्नुपर्नेमा भारतले नाकाबन्दी लगाएर दबाब दिन हु"दैनथ्यो, उसको दादागिरी अनुचित छ,' उनले भने।

भारतले नाकाबन्दी लाउ"दा नेपालीको कन्तविजोग हुने स्थिति निम्तिन लागेको भन्दै फोरम नेपालका ताप्लेजुङ अध्यक्ष सूर्य तमुले नेतृत्व तहले घरभित्रै समाधान खोज्नुपर्ने बताएका छन्। हरेक समस्यामा भारतलाई गुहारेर साध्य नहुने र त्यसो गर्दा राष्ट्रियता धरापमा पर्ने भन्दै तमुले सरकारलाई घु"डा टेकाउन स्वदेशमै आन्दोलन गर्न सुझाव दिए।

प्रकाशित: ११ आश्विन २०७२ २०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App