coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगर महानगरपालिकाको कार्यपलिकामा ६ जना एमाले, २ स्वतन्त्र उम्मेदवार निर्वाचित

कार्यपलिका सदस्यको निर्वाचनमा विजयी उम्मेदवारहरू। तस्बिरः विनोद/नागरिक

विराटनगर महानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेपाली कांग्रेस–जनता समाजवादीकाे गठबन्धनलाई हराउँदै नेकपा एमाले स्वतन्त्र गठबन्धनले सबै सिट जितेको छ। शनिबार ८ सिटका लागि भएको निर्वाचनमा एमाले स्वतन्त्र गठबन्धनले सबै सदस्य जितेको हो।

एमाले–स्वतन्त्र गठबन्धनबाट एमालेका ६ जना र स्वतन्त्रका २ जना उम्मेदवारले जित हासिल गरेका छन्। एमालेका तर्फबाट अल्पसंख्यक तर्फ दीपककुमार कर्ण निर्वाचित भएका छन्। यस्तै महिला सदस्य तर्फ कमला श्रेष्ठ, खुस्वु विश्वकर्मा, ताराकुमारी राय, सम्तलीदेवी विश्वास र सरिता घिमिरे (नेपाल) निर्वाचित भएकी छिन्। यस्तै स्वतन्त्रतर्फ ओमकुमार साह र संजीवकुमार साह निर्वाचित भएका छन्।

कार्यपालिका निर्वाचनमा ९७ जना मतदाता रहेकोमा ५० जना मतदाता रहेको कांग्रेस-जसपा गठबन्धनलाई ४७ मतदाता रहेको एमाले–स्वतन्त्र गठबन्धनले सबै सिटमा जित हासिल गरेको छ। मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र कार्यपालिकाको निर्वाचनमा निर्वाचित ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ जना वडाध्यक्ष र हाल निर्वाचित ६ जना कार्यपालिका सदस्यसहित १६ जना पुगेको छ।

यस्तै कांग्रेसको मेयर र ६ जना वडाध्यक्षसहित ७ जना कार्यपालिका सदस्य मात्रै रहेका छन्। यस्तै स्वतन्त्रको १ जना वडाध्यक्षसहित ३ जना, जसपाको १ वडाध्यक्ष र राप्रपाको १ जना वडाध्यक्ष कार्यपालिकाको सदस्य रहेका छन्।

प्रकाशित: २१ जेष्ठ २०७९ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App