१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अब सुशासनमा ध्यान केन्द्रित गर्छौँः धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा सुशासन कसरी कायम गर्ने भन्ने तर्फ कांग्रेसले ध्यान केन्द्रित गर्ने बताएका छन्।  

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गुरुङले स्थानिय तहको निर्वाचन जितेर सबै भन्दा ठूलो दलका रुपमा नेपाली कांग्रेस स्थापित भइसकेकाले अब सुशासनमा ध्यान केन्द्रित गर्ने बताएका हुन्। ‘विगतमा सुशासन कायम गर्न नसकेकाले अब, कसरी सुशासन कायम गर्ने भन्नेतर्फ कांग्रेसले ध्यान केन्द्रित गर्छ,’ गुरुङले भने, ‘कांग्रेसले अब, स्थानीय तहका सबै जनप्रतिनिधिलाई राखेर सुशासनमा पुरै ध्यान दिनुहोस् नभए देश बर्बाद हुँदैछ भनेर सिकाउने छ।’

गठबन्धनका कारण कांग्रेसलाई फाइदा भएको भए पनि धेरै स्थानीय तहमा जित हात पार्नु जनताको अभिमत भएको उनले बताए। केही स्थानमा गठबन्धनका कारण पनि सहज भएको बताउँदै उनले कांग्रेसलाई गठबन्धनका कारण घाटा भयो भन्ने चाहि नरहेको स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसले गठबन्धनप्रति इमान्दारिता नदेखाए एमालेकै हालत बनाउने भनेर चेतावनी दिएको विषयमा सोधिएको प्रश्नमा गुरुङले नेताको भाषणको बारेमा प्रतिक्रिया नदिने बताए। उनले भने, ‘देशमा सुशासन कायम गर्न निर्वाचित जनप्रतिनिधिलाई सिकाउने अहिलेको बेला भएकाले कुन नेताले के प्रसंगमा के भने भनेर चर्चा गर्ने अहिलेको बेला हैन।’

प्रदेश र संघको चुनाव आउन समय लाग्ने भएकाले गठबन्धन के गर्ने भन्ने विषमा अहिले नै बोलिहाल्नु उचित नभएको उनले बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App