१० माघ २०८१ बिहीबार
image/svg+xml
राजनीति

बन्दबाट अाजित सर्वसाधारणाले बन्दकर्तालाई लखेटे

इलाम– संविधानप्रति असन्तुष्ट भई पूर्वमा बन्द आह्वान गर्ने राजनीतिक दल, तिनका भातृ संगठन र जातीय–क्षेत्रीय संघसंस्थाप्रति आक्रोश चुलिएको छ। प्रदेश सीमाकंनस"गै सुरु भएको 'बन्द श्रृंखला' बीचमा केही दिन रोकिए पनि संविधान जारी भइरहँदा फेरि दोहोरिएको छ।

चाडवाडको मुखमा आह्वान गरिएका बन्दले व्यवसाय चौपट भएको र आफूहरुलाई मर्का परेको भन्दै व्यवसायी आक्रोशित भएका हुन्। बन्द गर्ने र खुलाउने पक्षबीचको आक्रोश इलामको सडकमा छताछुल्ल भएको छ।  साढे ६ दशकको प्रतीक्षापछि जनमुखी संविधान बन्दा बहुसंख्यक नागरिक खुसीयाली र विजयोत्सवमा रमाइरह"दा सीमित जनाधार भएका दल र संघ संस्थाले गरेका बन्द 'अर्थहीन हुने' भन्दै इलाममा मंगलबार चर्को विरोध गरियो । झरी परिरहेको बेला स्वस्फुर्तरुपमा भेला भएका व्यवसायी भानुरत्न टोलदेखि नारायणस्थान हु"दै मालापथसम्म बन्दकर्ताविरुद्ध चर्का नारावाजी गर्दै पसल खुलाउन सक्रिय भए। 'चित्त नबुझेका बिषयमा वार्ताबाट समाधान निकाल्नुपर्ने' भन्दै कहिल्यै बन्द नगर्न उनीहरुले सुझाए ।

बिहान १० बजेतिर सडकमा निस्किएका व्यवसायी नारावाजीसहित बजार खुलाउ"दै चोकबजार नजिक पुग्दा ट्याक्सी स्ट्याण्डमा बन्दकर्तास"ग सामान्य झडप भएको थियो। सीमित संख्यामा रहेका संघीय लिम्बुवान र संघीय समाजवादी पार्टीका कार्यकर्तामाथि व्यवसायी जाइलाग्दा उनीहरु जुत्ता चप्पल छोडेर भागेका थिए । बन्द आह्वान गर्ने पार्टीविरुद्ध 'मुर्दावाद'को नारा लगाउ"दै व्यवसायीले बजारका घर घर पुगेर सटर÷झरप खोलेका थिए । केहीबेरपछि इलाम बजार क्षेत्रमा बन्दकर्ता देखिएनन् ।

'संविधान घोषणापछि हर्षोल्लास छाइरहँदा पनि बजार बन्द गर्नुपर्यो, त्यसले खुसीमा रम्ने अधिकार त खोसियो नै व्यवसाय पनि ओरालो लाग्यो,' इलाम उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, 'त्यसैको आक्रोशमा व्यवसायी सडकमा निस्कि"दा बन्दकर्तासँग झडप भएको हो।' सुरुमा सिमित संख्यामा निस्किएका व्यवसायी क्रमशः थपि"दै दर्जनौंको संख्यामा जुटेका थिए । उनीहरुले 'लिम्बुवान राज्य' हुन नहुने भन्दै संघीय लिम्बुवान पार्टी नेपालको कार्यालयमा थोरै क्षति पुग्ने गरी तोडफोड गरे ।
jhanda

बन्दको मारमा परेका इलामका व्यवसायी मंगलबार संघीय समाजवादी पार्टीको झण्डा जलाउँदै ।
'बन्द खुलाउने निहुँमा अराजक र उच्छृंखल मानिसको भीडले हाम्रा कार्यकर्तामाथि जाइलाग्दै कार्यालयमा तोडफोड गरेको छ, जुन लोकतन्त्रमा नसुहाउने निन्दनीय काम हो,' लिम्बुवान पार्टी नेपाल इलामका जिल्ला अध्यक्ष डम्बर लिम्बूले भने, 'हामीले शान्तिपूर्ण बन्द आह्वान गरेका बेला बजार खुलाउने बहानामा शक्ति प्रदर्शन गर्नु अप्रजातान्त्रिक काम हो, यसले मुठभेडको स्थिति निम्त्याउ"छ।' वार्तामा बसेर समस्यामाथि छलफल गर्नुपर्नेमा हिंसात्मक क्रियाकलाप गर्ननहुने उनी बताउ"छन्।

प्रदेश सीमांकनमा असन्तुष्ट भई संविधानमाथि शान्तिपूर्ण बन्द आह्वान गर्दा 'कसैलाई टाउको दुःखाई हुन नहुने' भन्दै लिम्बूले सोमबार सदरमुकामबाट पक्राउ परेका दुई कार्यकर्ताको रिहाई माग गरेका छन् । राजनीतिक दल, पेशागत संघ संगठन र नागरिक समाजद्वारा आयोजित विजयोत्सवक्रममा गाडी तोडफोड गरेको आरोपमा पक्राउ परेका शेरबहादुर लोक्ताम र मोहन देवानलाई तत्काल छोड्नुपर्ने उनको माग छ । पक्राउ परेका कार्यकर्ताद्वयलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

बन्द खुलाउनुपर्ने माग गर्दै स्वस्फूर्त भेला भएका व्यवसायीले क्याम्पस रोडमा अवस्थित लिम्बुवान पार्टी नेपालको कार्यालय घेराउ गर्दै नारावाजी गरेका थिए । त्यसक्रममा हुनसक्ने सम्भावित खतरा रोक्न सुरक्षाकर्मीले कार्यालयलाई सुरक्षा दिएका थिए। आक्रोशित व्यवसायीले बन्द आह्वान गर्ने दलमध्येको एक संघीय समाजवादीको झण्डामा आगजनी गर्दै जलाएका थिए। पार्टीको झण्डा जलाइएकोमा समाजवादीले 'अप्रजान्त्रिक कार्य' भन्दै मुठमुडे ननिम्त्याउन सचेत गरेको छ।

प्रकाशित: ५ आश्विन २०७२ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App