१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानको कार्यपालिका निर्वाचनमा एमालेका आठजना विजयी

धरानको नगर कार्यपालिका सदस्यको निर्वाचनमा विजयी एमालेका ८ जना उम्मेदवारहरु। तस्बिरः रोहित राई

धरानको नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेका आठ जना उम्मेदवार निर्वाचित भएका छन्।

सोमबार दिउँसो भएको निर्वाचनमा कार्यपालिका महिला सदस्यमा ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना एमालेबाट निर्वाचित भएका हुन्। गठबन्धनका एक जना पनि उम्मेदवार चुनिन सकेनन्। निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार महिला सदस्यतर्फ सावित्रा परियार दर्जी (५८ मत), देवीमाया विश्वकर्मा (५६ मत), विनिता बज्रचार्य (५६(मत), रविना गुरुङ (५५ मत) र सृर्जना नेपाल (५४ मत) निर्वाचित भएका छन्।

दलित तथा अल्पसंख्यक सदस्यतर्फबाट पनि एमालेका अनुप देवान (५१ मत), दिनेश विश्वकर्मा (५२ मत) र विकास भाटी (५३ मत) निर्वाचित भएको अधिकृत नेपालले जानकारी दिए।  

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित १०२ जना नगरसभा सदस्यहरुले मतदान गरेका थिए। निर्वाचित नगरसभा सदस्यहरुबाट ५ जना महिलालाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नुपर्ने संविधानमा व्यवस्था गरिएको छ भने ३ जना बाहिरबाट दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई निर्वाचित गर्नुपर्ने व्यवस्था छ।

धरानको १०२ जनाको नगरसभामा एमालेको बहुमत सदस्य छन्। नगसभामा नेकपा एमालेबाट ५६ जना निर्वाचित छन्। नगरसभामा नेपाली कांग्रेसबाट ३७ जना निर्वाचित छन् भने माओवादी केन्द्रबाट उपमेयरसहित ६ जना निर्वाचित छन्। गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र दुवैको जोड्दा पनि नगरसभामा ४३ जना मात्र पुग्छन्।

यस्तै, कार्यपालिकामा ८ जना थपिएपछि एमालेको बुहमत संख्या १८ पुगेको छ। यसअघि १० जना वडाध्यक्ष निर्वाचित भएका थिए। कांग्रेसका ७ जना वडाध्यक्ष छन् भने माओवादीको उपमेयर र १ जना वडाध्यक्ष छन्। एक जना वडाध्यक्ष राप्रपाबाट निर्वाचित छन् भने एक जना वडाध्यक्ष स्वतन्त्र छन्। मेयर पनि स्वतन्त्रबाट निर्वाचित भएका हुन्।

प्रकाशित: १६ जेष्ठ २०७९ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App