१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बालेनहरुको विजयी हुनु ठूला दलहरु असफल हुनुको प्रमाण: सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु जित्नु आफूलाई ठूला भनिएका राजनीतिक दलहरुको असफल भएको प्रमाण भएको बताएका छन्। निर्वाचत विचार र सिद्धान्तको लडाई भन्दै सुवालले कुनै सिद्धान्तमा नरहेका उम्मेदवारहरु जित्नु भनेको राजनीतिक दलहरुले आफ्नो सिद्धान्त बुझाउन नसक्नु रहेको बताए।

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरले भक्तपुर नगरपालिकामा नवनिर्वाचित पदाधिकारीलाई दिएका बधाई तथा शुभकामना कार्यक्रममा सुवालले राजनीतिक दलहरुले चुनावमा विचार र सिद्धान्तको प्रचारप्रसार नगर्न बिडम्वनाको विषय भएको बताए। 'चुनाव जसरी पनि जित्ने मनसायले सिद्धान्तहीन गठबन्धन हुनु ठूलो दुःखको कुरा हो,' उनले भने, 'ठूला दलहरुको यही असैद्धान्तिक गठबन्धनले चुनावमा मतदाताहरु लहरको भरमा जाने गर्दछ।

यही लहरको सिलसिला नै बालेनहरु जस्ता स्वतन्त्र उम्मेदवारहरु जितेको उनले बताए। उनले राजनीतिक विचारको लडाई नभएपछि यसरी भोट ह्विम (लहड) मा जाने बताए।

कार्यक्रममा भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा क्रान्ति भएको दावी गरे।

प्रकाशित: १४ जेष्ठ २०७९ १५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App