१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वीरगन्ज महानगरपालिकामा खुल्ला मञ्चमा जनप्रतिनिधिको सपथ

नवनिर्वाचित नगरप्रमुख सिंह (दाँया) र नगर उपप्रमुख आलम (बाँया)।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका नवनिर्वाचित नगरप्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको सपथग्रहण खुल्ला मञ्चमा एक समारोहबीच सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निश्चछलराज पाण्डेको अध्यक्षतामा भएको समारोहमा नगरप्रमुख राजेशमान सिंह सिंहले प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलबाट पद तथा गोपनियतको सपथ लिएका हुन्।  

पूर्व उपप्रधानमन्त्री एंव जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितीमा वीरगन्जको आदर्शनगरस्थित पुरानो बस पार्कको मैदानमा भएको समारोहमा नगर उपप्रमुख इम्तियाज आलमले नगरप्रमुख सिंहबाट पद तथा गोपनियतको सपथ लिए। नगरप्रमुख सिंहले नै महानगरपालिकाका ३२ वडाका नवनिर्वाचित अध्यक्षहरु तथा सदस्यहरुलाई सपथ गराए। पुरानो बसपार्क परिसरमा बिहीबार साँझ आयोजित खुल्लामञ्चसहितको समारोहमा पाँचदलीय गठबन्धनको मंगलवार बसेको बैठकको निर्णय अनुसार नगवरवासीको बिचमा नवनिर्वाचित नगरप्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुको सपथग्रहण भएको हो।

नवनिर्वाचित १७ देखि ३२ वडाका अध्यक्षहरुलाई सपथ गराउँदै नगरप्रमुख सिंह।

वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट जसपाका सिंह नगरप्रमुख, काँग्रेसका आलम उपम्रमुख, जसपाका १३, काँग्रेसका ९, नृकपा एमालेका ८ र लोकतान्त्रिक समाजवादी पार्टीका २ वडा अध्यक्ष निर्वाचित भएका छन्। समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, केपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, प्रतिनिधीस्भा सदस्य प्रदीप यादव, मधेस प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, प्रदेश साँसदहरु, पाँचदलीय गठबन्धनभित्रका पार्टीका नेताहरुको उपस्थिती थियो। जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखकाहरु, सहरका उद्योगी, ब्यवसायि, पेशाकर्मी, समाजिक क्षेत्रका ब्यक्तिहरु, बिभिन्न संघ संस्थाका ब्यक्तिहरु, कर्मचारी बर्ग र वीरगन्जवासीको उल्लेखनीय उपस्थिती थियो।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App