१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कपिलवस्तुको महाराजगंजमा कांग्रेसका कलाम दोश्रो कार्यकालका लागि निर्वाचित

सबै वडामा बर्थिङ सेन्टर संचालन गर्छाैंः मेयर कलाम

कपिलवस्तुको महराजगंज नगरपालिकामा कांग्रेसका अब्दुल कलाम दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन्। १ हजार ५३२ मतान्तरले एमालेका रामदास कुर्मीलाई हराउँदै कांग्रेसकाे जिल्ला अध्यक्ष समेत रहेका कलाम दोश्रो पटक मेयर बनेका हुन्।

२०७४ सालमा पनि कलामले मेयरमा जितेका थिए। कलामले १० हजार २ सय मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामदास चौधरीले ८ हजार ६ सय ६८ मत पाएका छन्। लोसपाका ओमकार नाथ शुक्लाले २४ सय ७४ मत पाए।

यस्तै उपमेयरमा सासु शोभवति कुर्मीको मृत्युपछि टिकट पाएकी बुहारी रिताकुमार कुर्मी निर्वाचित भएकी छिन्। यस्तै उपमेयरमा निर्वाचित कुर्मीले ११ हजार १ सय ६१ मत प्राप्त गरिन् भने निकटतम प्रतिस्पर्धी एमालेकी भानमति यादवले ७ हजार २ सय मत पाइन्। महाराजगन्ज नगरपालिकामा कांग्रेसकोको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी सुभावती कुर्मीको मृत्यु भएपछि महाराजगन्जमा जेठ ३ गते निर्वाचन भएको थियो।

महाराजगन्ज नगरपालिकामा १,२,३, ५,६,८,१०,र ११ नम्बर वडामा कांग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका वडा अध्यक्ष, वडा न ९ मा नेकपा एमालेका वडा अध्यक्ष र वडा नम्बर ७ माजनता प्रगतिशील पार्टी, नेपालका वडा अध्यक्ष निर्वाचित भएका छन्। महराजगंज नगरपालिकामा कुल २५ हजार ८७४ मत खसेको थिया।  

दोश्रो कार्यकाल कागि मेयरमा निर्वाचित भए लगत्तै महराजगंज नगरपालिका स्थित प्लटा देबी मन्दिरमा दर्शन गरी आशिर्वाद लिएपछि संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै मेयर अब्दुल कलामले महराजगंज नगरपालिकाको १ वटै वडामा बर्थिङ सेन्टर संचालन गर्ने बताएका छन्। उनले स्वास्थ्य क्षेत्रको विकासका लागि कुनै कसर नछाड्ने भन्दै उनले पहिलो कार्यकालमा अधुरा भएका काम पूरा गर्ने बताए।

उनले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिका क्षेत्रमा आफूले नगरपालिकालाई अबको कार्यकालमा योजनाबद्ध ढंगले अघि बढ्ने बताए। उनले नगरपालिकालाई किचड मुक्त अभियान जारी राख्ने बताए। उनले आफ्नो पूरै ध्यान नगरपालिको समग्र बिकासमा हुने बताए। उनले नगरपालिकाई नमुना बनाउन आफूले कुनै कसर नछाड्ने बताए।

उता कलामको जितसंगै काग्रेसले महराजगन्ज, कृष्णनगर र बुद्धभुमी नगरपालिका र मायादेबी गाउँपालिकामा जितेको छ। यस्त एमालेले बाणगंगा नगरपालिका तथा यशोधरा र बिजयनगर गाउँपालिका जितेको छ। राप्रापाले शिवराज नगरपालिका, जसपा नेपालले कपिलवस्तु नगरपालिका र लोसपाले शुद्धोदन गाउँपालिका जितेको छ।

प्रकाशित: ११ जेष्ठ २०७९ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App