१६ चैत्र २०८० शुक्रबार
राजनीति

त्रियुगामा गठबन्धन र कांग्रेसको सुरुवाती टक्कर

सदरमुकाम त्रियुगा नगरपालिकाको सुरुवाती गणना अनसार गठबन्धन र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा देखिएको छ। अघल्लो दिउँसोदेखि सुरु भएको गणनामा गठबन्धनका उम्मेदवारी नेकपा (एकीकृत समाजबादी) का बलदेव चौधरी र काँग्रेसका बसन्त बस्नेतबीच टक्कर देखिएको छ।  

हालसम्म गणना भएको वडा नं. १, २ र १६ नंं. को ३ हजार ६ सय मतमध्ये चौधरीलाई १ हजार १ सय ८१ मत परिरहेको छ भने बस्नेतलाई १ हजार १ सय ८० मत पर्दैछ। एमालेका भागवत राउतलाई भने हालसम्म ७ सय २९ मत मात्र परिरहेको छ। उपमेयरतर्फ भने काँग्रेसकी सरिता राईले निकै फराकिलो अन्तरले अग्रता लिदैछिन्।  

काँग्रेसबाट उठेकी राईले १ हजार ५८ मत पाइरहँदा माओबादीकी गीता खड्का कार्कीले ८ सय ९१ मतले पछ्याउँदैछिन् भने एमालेकी उपमेयर उम्मेदवार महेश्वरी राईलाई ८ सय ४९ मत पर्दैछ। वडातर्फ १ मा काँग्रेसका मनोज चौधरी, २ मा एमालेका घमानसिंह खत्री र १६ मा माओबादीका मानबहादुर राईको अग्रता रहेको छ।  

६० हजार ४६ मतदता रहेको त्रियुगामा १६ वटा वडा रहेका छन्। वैशाख ३० गते सम्पन्न निर्वाचनमा २० हजार ८५ महिलासहित ३८ हजार ४ सय ५ मत खसेको छ। वडा नं. १२ को मतदानमा मतदात अधिकृतलगायत कर्मचारीबाट लापरबाही भएपछि ४ः३० बजे मतदान कार्य स्थगित भएको सूचना जारी भएको थियो। त्यसपछि रोकिएको निर्वाचन प्रक्रियालाई निर्वाचन आयोगले पुन मतदान गर्न नपर्ने भन्दै गणना गर्न निर्देशन दिए अनुसार ११ दिनपछि मत गन्न सुरु भएको हो।

प्रकाशित: ११ जेष्ठ २०७९ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App