१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कपिलवस्तुको ४ गाउँपालिका र ५ नगरपालिका प्रमुखले लिए सपथ

कपिलवस्तुका ५ नगरपालिका प्रमुख र ४ गाउँपालिका प्रमुखले शपथ लिएका छन्। गत बिहीबार, शक्रबार र सोमबार गरी उनीहरुले जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत तेजेन्द्र शर्माले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। 

गत बिहीबार कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, शुक्रबार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह, बागंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल मायादेबी गाउँपाकिलाका अध्यक्ष वलीउद्दीन मसुलमान, यशोधरा गाउँपालिकाका प्रमुख शिवदयाल तिवारीले सपथ लिएका थिए। सोमबार भने बुद्धुभमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, शिवराज नगरपाकिलाका मेयर अजय थापा, बिजयनगर गाउपाकिलाका अध्यक्ष गोपाल थापा र सुद्धोदन गाउँपाकिलाका अध्यक्ष कमलेश चौधरीले सपथ लिएका हुन्।

जिल्लामा ४ गाउँपालिका र ६ नगरपालिका गरी १० स्थानीय तह रहेकामा सोमबार अबेर रातिसम्म महाराजगंज नगरपालिका बाहेक  सबै पालिकाको अन्तिम परिणाम आई सकेको छ। सपथ ग्रहण पछि पालिका प्रमुखले पदभार ग्रहण गरीसकेका छन्। सपथ ग्रहणपछि मुख्य निर्वाचन अधिकृत शर्माले पालिका प्रमुखहरुलाइृ तत्कालै बाल संरक्षण अधिकृत र मनोसमाजिक अधिकृत नियुक्त गर्न सुझाव दिएका थिए। उनले नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु मिलेर आफ्नो पालिकाको विकास गर्न आग्रह गरे। महाराजगंज नगरपाकिलाको मतगणना जारी छ।

प्रकाशित: ९ जेष्ठ २०७९ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App