४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

'स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्छ'

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका छन्।

सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानून बनाउनुपर्ने बताएका हुन्। उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए। उनले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको इच्छा र आकांक्षालाई पूरा गर्न नसकिने बताए।

उनले भने, ‘जबसम्म स्थानीय तहलाई हामीले बलियो बनाउन सक्दैनौँ। जनताका इच्छा, आकांक्षा, चाहाना पूरा गर्न सक्ने सबल र सक्षम बनाउन सक्दैनौँ। त्यतिबेला सम्म आम नागरिकको भरोसा, विश्वास कम हुने भएकाले म सम्माननीय अध्यक्षमार्फत् स्थानीय तहलाई बलियो बनाउन आवश्यक कानून, आवश्यक साधनस्रोत र जनशक्ति व्यवस्थापन गर्न अनुरोध गर्दछ।’

प्रकाशित: ९ जेष्ठ २०७९ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App