४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निजी क्षेत्रको उत्साहपूर्ण सहभागिता खोजिरहेका छौँः उद्योग मन्त्री

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रको सहभागितामा रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताएका छन्।

सोमबार नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिट २०२२’सम्मेलनमा बोल्दै मन्त्री बडूले तत्काल स्वदेशी वस्तुको उत्पादन, रोजगारी बढाउनका लागि निजी क्षेत्रको सहभागितामा सरकारले रुग्ण बनेका उद्योग सञ्चालन गर्ने गृहकार्य भइरहेको बताएका हुन्।

उनले निजी क्षेत्रको उत्साहजनक सहभागिता सरकारले अपेक्षा गरेको मन्त्री बडुले बताए। रुग्ण बनेका उद्योग चलाउनको लागि मन्त्रालयको कार्यदलले मोडालिटी तयार गरिहेको बताए।

मन्त्री बडूले रुग्ण बनेका उद्योग सञ्चालनको गर्ने निजी क्षेत्रलाई दिँदा मुलुक भित्र उद्योगमा वृद्धि, उत्पादन र रोजगारी वृद्धि तत्काल हुन सक्ने उल्लेख गरे। मन्त्री बडूले विगतमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा रुग्ण उद्योग सञ्चालन गर्ने कार्यक्रम आए पनि अहिलेसम्म कार्यान्वयनमा भने आउन नसकेकाले अब कार्यान्वयन गरेर सरकार अगाडि बढ्ने बताए।

प्रकाशित: ९ जेष्ठ २०७९ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App