पोखरा महानगरपालिकामा १ लाख ७ हजार ९ सय ६२ मत गणना सम्पन्न हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।
उनले एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार ४ सय १७ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्। हालसम्म १ लाख ७ हजार ९ सय ६२ मतगणना सकिदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४३ हजार २ सय १५ मतसहित अग्रता कायम राखेका छन्।
उनलाई एमालेका कृष्ण थापाले ३९ हजार ७ सय ९८ मत ल्याएर पछ्याईरहेका छन्। त्यस्तै राप्रपाका शंकर खरालले ४ हजार ८ सय १५ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले २ हजार ६ सय ९३ मत प्राप्त गरेका छन्। उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता बढाउँदै गएकी छन् । शुक्रबार रातीबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई १ हजार ६ सय ५९ मतले पछाडि पारेकी छन्।
नेकपा एमालेका उम्मेदवार गुरुङले ४४ हजार ९ सय ५० मत ल्याएर अग्रता लिएकी छन्। उनलाई कांग्रेसकी रानाभाटले ४३ हजार २ सय ९१ मत ल्याएर पछ्याईरहेकी छन्। उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ४ हजार ८ सय १५ मत प्राप्त गरेकी छन्।
प्रकाशित: ८ जेष्ठ २०७९ ११:२८ आइतबार