१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘लालकिल्ला’ बर्दियामा किन भयो काग्रेसको वर्चस्व

२०७४ स्थानीयतह,प्रदेश र संघको निर्वाचनमा बर्दिया जिल्ला ‘लालकिल्ला’ मय भयो। तीन–तीन पालिका माओवादी र एमाले जित्यो भने दुई वटा पालिकामा काँग्रेस सिमित भएको थियो।

प्रदेशको चुनावमा माओवादी(दुई),एमाले(दुई)र काँग्रेस(०) भयो। २०७४ मा भएको संघको चुनावमा  तत्कालिन एमालेका बरिष्ठ नेता बामदेव गौतमलाई नेपाली काँग्रेसका संजय गौतमले संघमा हराएपछि स्थानीय तहमा काँग्रेस पकड बलियो भएको स्थानीयतह निर्वाचनको रिजल्टले पुष्टि गरेको छ। अघिल्लो संघको चुनावमा दुई वटा क्षेत्र माओवादीले जितेको थियो।

तर, भर्खर सम्पन्न निर्वाचनमा ८ वटा स्थानीय तहमा काँग्रेसले पाँच वटा स्थानीयतह कब्जा गरेको छ। माओवादीको आधार इलाका बारबर्दिया काग्रेसका छबिलाल थारुले फराकिलो मतले नगरप्रमुखमा  जितेका छन् भने वडामा काँग्रेसको बहुमत छ।

गुलरिया नगरपालिकामा मुक्तिनाथ यादवले एमालेका अंमर खड्कालाई १सय ७८ मतको मतान्तरले नगर प्रमुखमा पछि पारेका छन्। बिगत देखि कम्यूनिष्टको गढ भनेर  चिनिने ठाकुरबाबा नगरपालिकामा माओवादीका नेत्र प्रसाद आचार्यलाई पछि पार्दे नेपाली काग्रेसका उमेदवार निर्माण व्यबसायी तिलक लम्साल विजयी भए।

पैसा खर्च गर्न सक्ने निर्माण व्यबसायी लम्साललाई  नेपाली काग्रेसका सह महामन्त्री किशोरसिंह राठोरका प्रिय पात्र भएकै कारण टिकट पाएको चर्चा कार्यकर्ताले गरेका छन्। ठाकुरबाबा नगरपालिकामा निर्माण व्यबसायी लम्सालको जितपछि आलोचक चुपलाग्न बाध्य भएका छन्। ठाकुरबाबा नगरपालिकामा काग्रेसको एतिहासिक जित निकाल्न निर्माण व्यबसायी लम्साल सफल भए। नेपाली काग्रेसले गेरुवा,राजापुर,ठाकुरबाबा, मधुवन र गुलरियामा नगरपालिकामा जितेको छ।

माओवादीका हारमा नेताको हस्तक्षेप

द्धन्द्धकाल देखि पार्टीमा योगदान गरेका माओवादीका नेता मध्यमा पर्छन–बर्दिया ईन्चार्ज शन्त कुमार थारु,लुम्बीनि प्रदेश उपाध्यक्ष दुर्गा बहादुर थारु,लुम्बीनि प्रदेश सदस्य, तिलक शर्मा र जिल्ला अध्यक्ष भुवन थारु। माओवादीमा पाका उमेदवारका हस्तक्षेप हुदा माओवादीका युवा नेताको उदय हुन नसकेको चर्चा यतिबेला भइरहेको छ।

बर्दिया ईन्चार्ज थारु क्षेत्रनं २ मा तीन पटक जितेर मन्त्री भईसकेका छन्। शर्मा लुम्बीनि प्रदेशका मन्त्री हुन। लुम्बीनि प्रदेशका उपाध्यक्ष तथा बारबर्दियाका निर्वतमान नगर प्रमुख दुर्गा बहादुर थारु लगायत माओबादीबाट पटक पटक पार्टीको नेतृत्व र सत्ताको पदमा पटक पटक अवसर पाएका  समुह भनेर चिनिन्छन्। भर्खरै स्थानीय तहमा उमेदवार उठाउँन चलखेल गरेका कारण हरेक पालिकामा माओवादीका बागी उमेदवारका कारण माओवादीको ‘लालकिल्ला’ भत्कदै गएको प्रति आम कार्यकर्ता चिन्तित छन्।

माओवादीको आधार ईलाका बारबर्दिया,मधुवन,बासगढी नगरपालिकामा आफ्नो वर्चस्व गुम्ने त्रासले नयाँलाई नेतृत्व नदिदा हारव्यहोरेको माओवादी भित्र चर्चा छ। बारबर्दिया नेतृत्व सहित वडामा भारीमतले काग्रेसका विजय माओवादीको ‘लालकिल्ला’भत्काउन सफल भयो।

द्धन्द्धकाल देखि राजापुर क्षेत्र माओवादीको आधारक्षेत्र भनेर चिनिन्छ।राजापुर नगरपालिकामा प्रदेश सांसद राजानामा दिएर चुनाव लडेको माओवादीका दिपेश थारुले झिनो  (४७ं )मतले दिपक जंग शाहलाई पछि पारेका छन् ।मधुवनमा द्धन्द्धकालमा आर्थीक संकलन गर्ने नेता लक्ष्मी शर्मालाई माओवादीले उमेदवार बनाएपछि नेपाली काग्रेसका तेजु भाटले आठ सय मतान्तर चुनाव जितेको कार्यकर्ता बताउँछन्।

एमाले नेतामा फुटको असर

एमालेले एक पालिका मात्र जितेको छ। एमालेको हारमा फुट र गुटको असर देखियो। तर,गुलरियामा एमाले अमर खड्काको नेतृत्व गत बर्ष भन्दा प्रगति गरेको रेर्कडले पुष्टि गर्छ। खड्कालाई नेतृत्व दिएपनि वडामा एमालेका नेता लक्ष्मण ज्ञवाली र प्रदेश सचिव लिला रानाले गुटगत वडा र उपमेयरको उमेदवार चयन गरिदिँदा हार व्यहोर्न परेको एमाले कार्यकर्ताको दाबी गर्छन्।

एमालेको वर्चस्व रहेको फुट र नेता विच गुट हुदा नराम्रो पराजय भोगेको छ। बढैयातालमा एमालेका बर्दियाका ईन्चार्ज लाल बहादुर श्रेष्ठलाई एमाले भित्र अन्तरघात भएको कार्यकर्ता वताउँछन्।

२०७४ चुनावमा एमालेका ईन्चार्ज श्रेष्ठले भारी मतले माओवादीलाई पछि पारेर जित निकालेका थिए। एमालेका बरिष्ठ नेता बामदेव हारेको क्षेत्रमा पर्ने बढैयाताल गाउँपालिकामा एमाले भित्र अन्तरघातको शिकार श्रेष्ठ भएको खुलेको छ। गत स्थानीय तह चुनावमा  ठाकुरबाबा नगरपालिकामा एमालेका घन नारायण श्रेष्ठले  जितेको पालिका हो।

एमालेको नेतृत्वमा पहुँचमा रहेका निर्वतमान नगर प्रमुख श्रेष्ठले  जवरजस्त तरिकाले पुनः श्रेष्ठ नगर प्रमुखको उमेदवार बन्दा एमालेको गढ भत्केको हो। आफ्नो कार्यकालमा उत्कृष्ट काम नगरेकै श्रेष्ठ प्रति आम नगरबासीको असन्तुष्टि रहेको थियो। एमालेले उमेदवार नदोहोराएर खड्क बहादुर खड्कालाई बासगढी नगरपालिकाको नगर प्रमुख उमेदवार दिएका कारण एक मात्र सिट सुरक्षित भएको स्वयम कार्यकर्ता स्वीकार्छन्।

एमालेका बाट बासगढीमा जितेका खड्कालाई संघको निर्वाचनमा बामदेव गौतमलाई हराएको आरोप छ। लालबहादुर श्रेष्ठलाई एक हजार बढी मतले पछिपार्दे माओवादीका हिमालय त्रिपाठी चुनाव जितेका छन्। त्रिपाठी व्यापारिक पृष्ठ भुमिका भएकाले माओवादी टिकट दिएको चर्चा थियो।

प्रकाशित: ७ जेष्ठ २०७९ १४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App