१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चौतारा नगरप्रमुखको पहिलो निर्णय, नगरवासीको स्वास्थ्य बिमा गर्ने

पदभार ग्रहणसँगै नीतिगत निर्णयमा हस्ताक्षर गर्दै चौतारा साँगाचोकगढी नगरका प्रमुख कृष्णप्रसाद सापकोटा।

चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटाले शुक्रबार पदभार ग्रहण गरेका छन्।

जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीले एकसाथ जिल्लाका बाहै्र तहका प्रमुख/अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराएसँगै सापकोटाले पदभार ग्रहण गरेका हुन्।

जिम्मेवारी सम्हाले लगत्तै प्रमुख सापकोटाले नगरवासीको स्वास्थ्य बिमा गर्ने नीतिगत निर्णय गरेका छन्। नयाँ आर्थिक वर्षदेखि यसलाई अभियानकै रुपमा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले जानकारी दिए। ‘आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बिमा अभियानलाई समेटेर बजेट व्यवस्था गर्छौँ,’ उनले भने।  

नयाँ आवको पहिलो चौमासिकबाट यो कार्यक्रम कार्यान्वयनमा आउने पौड्यालले जानकारी दिए। उनका अनुसार तत्काललाई द्वन्द्व प्रभावित, निम्नआय भएका नगरवासी, अल्पसंख्यक, सीमान्तकृत, दीर्घ रोगीको बिमा गरिने छ। प्रमुख सापकोटाले यो कार्यक्रमले नगरवासीलाई लाभ दिने विश्वास व्यक्त गरे।  

उनले नगरवासीको आयआर्जन बढाउने कार्यक्रममलाई नगरले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए। ‘नगरवासीको जीविकोपार्जनको अवस्था नसुध्रेसम्म समृद्ध नगर बन्दैन। खासगरी कृषि क्षेत्रसँग जोडेर आयआर्जन बढाउने कार्यक्रम बनाउँछौँ,’ उनले भने।

प्रकाशित: ६ जेष्ठ २०७९ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App