१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जेलमा रहेका महम्मद आफताब आलमका छोरा राजपुर नगर प्रमुखमा विजयी

रौतहटको राजपुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ। नेपाली काँग्रेसले राजपुर नगरपालिकामा नयाँ उम्मेदवार बनाएको भए पनि अत्यन्तै सहज जित हासिल गरेको छ।

राजपुर नगरपालिकाको प्रमुखमा रौतहटका चर्चित नेता महम्मद आफताब आलमका छोरा डा. महम्मद राजिक आलम विजयी बनेका छन्। डा. राजिकले जसपाका महम्मद जैद आलमलाई फराकिलो मतान्तरले पराजित गर्दै पिताको राजनीतिक बिरासतलाई पालिकाबाट सम्हाल्ने काम गरेका छन्।

डा. राजिकले ६३३५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जसपाका जैदले ३७५१ मत प्राप्त गरेका छन्। यसै गरी नगरपालिकाको उपप्रमुखमा काँग्रेसकै जमिला असगरीले ८२६८ मत प्राप्त गरी विजयी भएकी छन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले राजपुर नगरपालिकामा पूर्ण बहुमतका साथ जित्दा नगर प्रमुखमा शेख सकिल अहमदलाई उम्मेदवार बनाएको थियो। २०६४ को आम निर्वाचनको समयमा राजपुरमा भएको बम बिस्फोट कान्डको अभियोगमा महम्मद आफताब आलम जेल परेपछि नेपाली काँग्रेसले पूर्वमन्त्री आलमका छोरालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

आलमका छोरा पूर्ण बहुमतका साथ राजपुर नगरपालिकामा निर्वाचित भएपछि नेपाली काँग्रेसले गरेको निर्णय सही साबित भएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App