१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विराटनगर महानगरपालिका: ६ हजार मतले अघि नागेश कोइराला

विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धतर्फका उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइराला ६ भन्दा बढी मत ल्याएर मतान्तरलाई फराकिलो बनाउँदै अग्रता कायमै राखेका छन्।

कोइरालाले २५ हजार ३ सय १२ मतका साथ प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १८ हजार ८ सय ३५ मत प्राप्त गरे। थापाभन्दा कोइराला ६ हजार ४ सय ७७ मत लिएर अगाडि रहेका हुन्। स्वतन्त्रका उमेश यादवले ७ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रह्लाद साहले ४ हजार ७ सय २९ मत प्राप्त गरे।  

त्यस्तै, उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्कीले २२ हजार १४ मतका साथ अगाडि रहेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनततर्फबाट जसपाका अमरेन्द्र यादवले १२ हजार ३ सय ६६ मत प्राप्त गरेका छन्। राप्रपाकी विन्दा लुइँटेल आचार्यले ५ हजार ७ सय ६५ र स्वतन्त्रकी नमिता न्यौपानेले ४ हजार ५ सय ५० मत प्राप्त गरेकी छन्।

महानगरपालिकाको १, २, ३, ५, ७, १३, १४, १५, १६, १७, १८ र १९ गरी १२ वटा वडाको मत गणना भइसकेको छ। जसमा एमालले १, २, ३, १४ र १९, नेपाली काँग्रेसले ५, ७, १५, १६,  जसपा १७, राप्रपाले १३ र स्वतन्त्रले १८ नम्बर वडामा वडाध्यक्ष जितेको छ। हालसम्म ७५ हजार ३ सय ४१ मत गणना भइसकेको छ। महानगरपालिकाको कूल मतदाता १ लाख ३३ हजार १ सय ४२ जना भए पनि ८९ हजार ८ सय ९६ मत खसेको थियो।

प्रकाशित: ६ जेष्ठ २०७९ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App