९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरपालिकाः स्वतन्त्र उम्मेदवार हमाल ९ हजार बढी मतले अगाडि

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तरण बढाउदै लगेका छन्। उनले ९ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्।

अहिले सम्म ४२ हजार २ सय ३० मत गणना हुँदा हमालले १९ हजार १ सय ४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याईरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ९ हजार ५ सय ५७ मत प्राप्त गरेका छन्। हमाल र वड बिच ९ हजार ५ सय ९० मत अन्तर छ।

एमालेका रणबहादुर चन्दले ४ हजार ६ सय ६४ मत प्राप्त गरेका छन्। उपमेयर पदमा माओवादी केन्द्रका शान्ति अधिकारीले ८ हजार ८ सय १५ मत प्राप्त गरेकी छन्।

उनलाई पछ्याईरहेकी एमालेका कन्दकला रानाले ८ हजार १ सय ४१ मत प्राप्त गरेकी छन्। उपमेयरमा अधिकारी र राना बिच ६ सय ७४ मत अन्तर छ। शुरु देखि नै अधिकारीले अग्रता दिइरहेकी छन्। थोरै मत अन्तरले रानाले पछ्याईरहेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्।

धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं १५, वडा नं १६ र वडा नं १७, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ। वडा नं ५,  वडा नं ६, वडा नं ७, वडा नं  १३ र वडा नं १४ को मतगणना भैरहेको छ । भने वडा नं ८, वडा नं ९, वडा नं १०, वडा नं ११ र वडा नं १२ का मत पेटिका खोल्न वाँकि छ। ९७ जना जना जनप्रतिनिधी चुन्नका लागी ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।

प्रकाशित: ६ जेष्ठ २०७९ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App