२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रौतहटका दुई नगरमा दोहोरियो काँग्रेसः तेस्रोमा नयाँ कीर्तिमानको तयारी

रौतहटका दुई नगरमा नेपाली काँग्रेस दोहोरिएको छ। रौतहटको चन्द्रपुर र परोहा नगरपालिकामा नेपाली काँग्रेसले दोस्रोपटक जित निकालेको छ भने कटहरिया नगरपालिकामा पहिलोपटक जित निकाल्दै छ।

चन्द्रपुर नगरपालिकामा नेपाली काँग्रेसका संजीवकुमार काफ्ले नगर प्रमुख र जयमाला चौधरी उपप्रमुखमा निर्वाचित भएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा पनि चन्द्रपुरमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो तर यसपटक नेपाली काँग्रेसले पहिले जितेकालाई मेयरको टिकट नदिएर नयाँलाई दिएको थियो। मेयरमा निर्वाचित काफ्ले यसअघि वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्षमा निरन्तर लोकप्रिय काम गरेका काफ्लेलाई नेकाले टिकट दिएपछि सहज जित निकालेका हुन्।

यसै गरी रौतहटको परोहा नगरपालिकामा नेपाली काँग्रेसका शेख वकिलले मेयर पदमा पुनः विजय हासिल गरेका छन्। शेख वकिलले दोस्रो कार्यकालको लागि पुनः जित हासिल गर्दा नगरमा सजिलो बहुमत हासिल गरेका छन्।

यसै गरी कटहरिया नगरपालिकामा नेपाली काँग्रेस जितको नजिक रहेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट जित हासिल गरी सियाराम कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका थिए। केही मत गणना गर्न बाँकी रहेको कटहरियामा नेपाली काँग्रेसले निरन्तर अग्रता लिइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App