१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाहीमा नेपाली कांग्रेसको वर्चस्व

सर्लाहीका अधिकांश पालिकामा नेपाली कांग्रेसको वर्चस्व देखिएको छ। बुधबार दिउँसोसम्म १२ स्थानीय तहको नतिजा सार्वजनिक भएकोमा ९ पालिकाको परिणाम नेपाली कांग्रेसको पक्षमा गएको छ।

सर्लाहीको चन्द्रनगर, मलंगवा, हरिपुर र हरिपुर्वा नगरपालिकाका साथै ब्रह्मपुरी, पर्सा, धनकौल, विष्णु र कौडेना गाउँपालिकामा नेपाली कांग्रेसका प्रमुख तथा उपप्रमुखमा विजय हासिल गरेका छन्। यसका साथै ईश्वरपुर र कविलासीमा पनि नेपाली कांग्रेसले निरन्तर अग्रता कायम राखेको छ।

सर्लाहीको रामनगर गाउँपालिका र बलरा नगरपालिकामा नेकपा माओवादी केन्द्रले विजय निकालेको छ भने जसपा नेपालले बसबरिया गाउँपालिकामा जित हासिल गरेको छ। सर्लाहीको वाग्मती नगरपालिकामा मतगणना प्रारम्भ भएदेखि नै नेकपा माओवादी केन्द्र अगाडि छ।

सर्लाही जिल्लाको सबै पालिकाको बुधबार रातिसम्म मतगणना परिणाम आइसक्ने अनुमान गरिएको छ। सर्लाहीमा शान्तिपूर्ण किसिमले मतगणना भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण पोखरेलले जानकारी गराएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App