६ वैशाख २०८१ बिहीबार
राजनीति

गणना नसकिदै शुक्लागण्डकीको मेयरमा पण्डितको जीत निश्चित

तनहुँको शुक्लागण्डकी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णराज पण्डितको जीत सुनिश्चित भएको छ।  

हालसम्म शुक्लागण्डकीमा २४ हजार ४ सय ८२ मत गणना भएको छ। कांग्रेसका पण्डितले ११ हजार ६ सय २२ मत पाएका छन्। एमालेका मुक्तिनाथ तिम्सिनाले नौहजार ३ सय ३७ मत ल्याएका छन्। अब एकहजार २ सय ६५ मत गणना गर्न बाँकी छ। पण्डित र तिम्सिना बीचको मतान्तर दुईहजार २ सय ८५ मतान्तर छ।  

उपमेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खुमबहादुर विक (राजु) अगाडि छन्। उनले नौ हजार ७ सय ७ मत पाएका छन् । प्रतिष्पर्धी नेकपा एमालेकी फूलमाया वाग्लेले नौ हजार ४१५ मत पाएकी छन् ।

अघिल्लो पटकको तुलनामा यो पटक शुक्लागण्डकीमा नेकपा एमालेको नतिजा खस्किएको छ। २०७४ मा उपमेयर सहित सातवटा वडामा एमालेले जित हासिल गरेको थियो। हालसम्म १० वडाको मतगणना सम्पन्न हुँदा एमालेले चारवटा वडामा मात्र जितेको छ। नेपाली कांग्रेस पाँच र माओवादी केन्द्र एकवडामा विजयी भएको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App