१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धरान ७ मा सुवेदी तेस्रो पटक वडाध्यक्ष निवार्चित

धरानको वडा नं ७ मा एमालेबाट वडाध्यक्षमा जीवन सुवेदी निवार्चित भएका छन्। उनी तेस्रो पटक वडाध्यक्षमा चुनिएका हुन्। सोमबार मध्यराती मतगणना सकिदा सुवेदीले ६७९ मत प्राप्त गरेर विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेलाई १०७ मतान्तरले पराजित गरे। सुवेदी र पलिखेबीच २०७६ मंसिर १४ को उपनिर्वाचनमा पनि वडा ७ को अध्यक्षमा प्रतिस्पर्धा भएको थियो। त्यसबेला पनि सुवेदीले १ मतले पलिखेलाई पराजित गरेका थिए।

वडाध्यक्षमा सुवेदीको यो तेस्रो इनिङ हो। उनी २०५४ सालमा पनि धरान वडा ७ को अध्यक्षमा निवार्चित भएका थिए। जनप्रतिनिधिको रुपमा अनुभवि रहेका सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षमा उठ्न चाहेका थिए।

पार्टीले उनलाई टिकट दिएन। टिकट नपाएपछि जिल्ला समन्वय समितिमा लैजाने आश्वासन दिएर वडा सदस्यमा उनी उम्मेदवार बनेका थिए। २०७४ मा वडा ७ मा एमालेको प्यानल विजयी भयो। सुनसरीको १२ स्थानीय तहमा एमालेको उपस्थिति कमजोर भएपछि सुवेदी समन्वय समितिमा जान पाएनन्।

तर, निवार्चित भएको एक वर्ष पछि वडाध्यक्ष भुवन मोक्तानको निधन भयो। त्यसपछि सुवेदीले कार्यवाहक भएर वडाको नेतृत्व हाँके। २०७६ मंसिर १४ मा उपनिर्वाचन हुँदा सदस्यबाट राजिनामा दिएर उम्मेदवार बनेका सुवेदी कांग्रेसका पलिखेलाई १ मतले हराउँदै वडाध्यक्षमा चुनिए।

जनप्रतिनिधिको रुपमा अनुभवि राजनीति कर्मी सुवेदी तेस्रो पटक तेस्रो पटक वडाध्यक्षमा चुनिएका छन्। पछिल्लो ५ वर्षमा उनले तेस्रो पटक चुनाव जितेका हुन्। उनले २०७४ को स्थानीय तहमा वडा सदस्य, २०७६ को उपनिर्वाचनमा अध्यक्ष र हालै सम्पन्न स्थानीय तहमा पनि वडाध्यक्षमा चुनाव जिते।

हाल वडामा सुवेदीसहित ३ जना एमालेबाट र २ जना वडा सदस्य कांग्रेसबाट चुनिएका छन्। वडा सदस्यमा एमालेबाट राजेश मोक्तान र दलित महिला सदस्यमा डे कुमारी विश्वकर्मा चुनिए भने कांग्रेसबाट रमिता श्रेष्ठ र सुमिर बम्जन विजयी भए।

वडाध्यक्षमा निवार्चित सुवेदी जनप्रतिनिधिको रुपमा जनताको मन जितेकोले पुनः चुनिएको दाबी गर्छन्। उनले भने, ‘मैले जनप्रतिनिधिकोरुपमा जनताको मन जितेको थिएँ, र फेरी चुनिए। दुःख पर्दा, गाह्रो पर्दा सेवा गरे, उज्यालो वडा, सुरक्षित वडाको अभियान चलाएर मन जिते।’ 

प्रकाशित: ३ जेष्ठ २०७९ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App