१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विराटनगरमा २२ सय बढी मतले नागेश अगाडि

विराटनगर महानगरपालिकामा मतगणना सुरु भएदेखिनै मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता लिइरहेका छिन्।

मंगलबार दिउँसो १२ बजे प्राप्त मतगणना अनुसार मेयरमा कांग्रेसका नागेश कोइराला २२ सय २३ मतले अगाडि छन्। उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन्। कोइरालाले अहिलेसम्म ८ हजार ४ सय ७० मत प्राप्त गरेका छन्।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले ६ हजार २ सय ४७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादव छन्। उनले २ हजार २ सय ६१ मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रहलादप्रसाद साहले १ हजार २ सय २० मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा एमालेकी शिल्पा कार्कीले अहिलेसम्म ७ हजार १ सय ११ मत प्राप्त गरेकी छिन्। उनी आफ्नी निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादव भन्दा २४ सय ६६ मतले  अगाडी छिन्। यादवले ४ हजार ६ सय ४५ मत प्राप्त गरेका छन्।

उपमेयरको तेस्रो स्थानमा राप्रपाकी उम्मेदवार विन्दाकुमारी लुँइटेलले १ हजार ५ सय ७ मत प्राप्त गरेकी छिन्।  चौथो स्थानमा रहेकी स्वतन्त्रकी उम्मेदवार नमिता न्यौपानेले १ हजार २ सय ३० मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App