१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रजिअले हस्तक्षेप गरेको आरोपमा भरतपुरको मतगणना स्थगित

भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गणक कर्मचारीमाथि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ।  

मतगणनामा मत सदर बदरका बारे विवाद हुँदा सिडियोले कर्मचारीलाई बढी बोल्ने होइन भन्दै धम्क्याएर अभद्र व्यवहार गरेको बताइएको छ।  त्यसलगत्तै माओवादी पक्षले गणक कर्मचारीलाई निकाल्न दबाब दिएका थिए। तर एमालेले  काम गर्ने वातावरण नदिएर आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कर्मचारीको मनोबल गिराउने काम गरेको जनाएको छ। यता मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रवक्ता पुरुषोत्तम पौडेलले भने सामान्य विवाद भएकाले समाधान हुने बताए। केही बेरमा मतगणना सुरू हुने उनले बताए। उनले सिडिओ ले कर्मचारीलाई अभद्र व्यवहार गरेको विषयमा के भन्न चाहेनन्। अहिलेसम्म भरतपुरको १६ हजार १ सय ३३ मतको गणना भएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ १७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App