१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

ललितपुरमा चिरीबाबु २३ सय मतले अगाडी

ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मत अन्तरले पहिलो स्थानमा छन्।  

मत गणना सुरु भएदेखिनै उनले अग्रता लिएका थिए। आज (सोमबार) दिउँसोसम्म पनि उनी धेरै मतले अघि छन्। उनी र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण महर्जनबीचको मतान्तर हरेक दिन बढ्दै गएको छ।  

आफ्नो निकटतम प्रतिस्पर्धी हरिकृष्णलाई उनले निकै पछि पारेका छन्। चिरीबाबुको पछिल्लो मत संख्या ४ हजार १ सय २१ पुगेको छ भने उनका निकटतम प्रतिस्पर्धी हरिकृष्णको मत संख्या १ हजार ८ सय ११ मात्र छ। यी दुईबीच २ हजार ३ सय १० मतको फरक छ।  

चिरीबाबुले यसअघिको स्थानिय निर्वाचनमा हरिकृष्णलाई नै झिनो मतले पराजित गरेका थिए। त्यसैले चिरीबाबु र हरिकृष्ण दुवै उम्मेदवार दोस्रो पटक भिड्दै छन्। यीमध्ये चिरीबाबुले एक कार्यकाल सम्हालिसकेकाले अनुभवी मेयरका रुपमा चिनिन्छन्।  

यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अष्टबहादुर महर्जनले अहिलेसम्म जम्मा ३ सय २६ मत मात्र प्राप्त गरेका छन। उनी दोस्रो स्थानमा रहेका हरिकृष्णको मतको तुलनामा धेरै तल छन्। अन्य प्रतिस्वर्धीहरुको मत संख्या प्राप्त हुन सकेको छैन।  

प्रकाशित: २ जेष्ठ २०७९ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App