१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

वीरेन्द्रनगर–१ मा कांग्रेस, १६ मा एमाले विजयी

स्थानीय तह निर्वाचन अन्तर्गत वीरेन्द्रनगरका दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ। दुई मध्ये एक नेपाली कांग्रेस र एक नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भए। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्।

कांग्रेसका खत्रीले १ हजार ४८५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्या । सुनार २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

वीरेन्द्रनगर–१६ मा नेकपा एमालेका डण्डबहादुर विक विजयी भएका छन्। विकले ६०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याए। ढकाल २०७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App