४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौँ मेयरमा रोचक भिडन्तः बालेन अघिअघि, अरु पछिपछि

सह शीर

काठमाडौ महानगरपालिकाको मेयरको मतगणना रोचक हुँदै गएको छ। मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अरु प्रतिस्पर्धीहरूलाई उछिन्ने क्रम जारी छ। उनले आज बिहानसम्म पनि अन्य प्रतिस्पर्धीहरूलाई पछाडि पारेका छन्। अगाडि जान दिएका छैनन्।  

बालेनले २ हजार ७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका केशव स्थापितले १ हजार १ सय ६४ प्राप्त गरेका छन्।  तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन। उनले १ हजार ६ मत प्राप्त गरेकी छिन्।

अहिलेसम्म प्राप्त मत परिणाम अनुसार बालेनलाई निकै अगाडि देखाएको छ। त्यसो त अहिलेसम्म गणना गरिएको मतको तुलनामा खसेको मत संख्या अत्यधिक छ। सबै उम्मेदवारहरूले आफू बलियो भएका वडाहरू प्रतिक्षा गरिरहेका छन। उम्मेदवारका समर्थकहरू मतगणना बढेसँगै मतसंख्या तल माथि हुनसक्ने आँकलन गरिरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन दास श्रेष्ठले ७९ मत पाएको बताइएको छ। उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुदेखि नै अग्रता लिएकी छिन्।  

काठमाडौ महानगरमा कुल मतदाता ३ लाख २ सय ४२ छन्। यीमध्ये १ लाख ४४ हजार ३६३ पुरुष र बाँकी महिला छन्। ३२ वटा वडा छन्।

प्रकाशित: १ जेष्ठ २०७९ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App