१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

इटहरी र धरानमा मेयर पदमा गठबन्धनकै अग्रता

दुई नगरपालिकामा एमाले र दुईवटामा काँग्रेसको अग्रता

प्रदेश नं. १ का दुईवटा उपमहानरपालिका इटहरी र धरानमा गठबन्धनका मेयरका उम्मेदवारले अग्रता कायमै रहेको छ।

नगरपालिकामध्ये दुईवटामा एमालेले अग्रता कायम राख्दा दुईवटामा काँग्रेसले अग्रता कायमै राखेको।

इटहरी उपमहानगरपालिकामा अहिलेसम्म भएको  मतगणना अनुसार गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार काँग्रेसका हेमकर्ण पौडेलले अग्रता लिएका छन्। आज बिहान ८बजेसम्मको गणना अनुसार पौडेलले एक हजार ९२७ मत ल्याएका छन्।

उनलाई एमालेका मेयरका उम्मेदवार याम सुब्बाले एक हजार चार सय २७ मत ल्याएर पछ्याइ रहेका छन्। यस्तै, उपमेयरमा एमालेका तर्फबाट संगीता चौधरीले अग्रता कायम गरेकी छन् छ। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका केशवकुमार विष्ट चौधरीलाई पछ्याइ रहेका छन्।  

धरानमा प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ। बाम गठबन्धनबाट मेयरमा काँग्रेसका उम्मेदवार किशोर राईले एक हजार ५८७ मत ल्याएका छन्।

यस्तै, मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले एक हजार १११ मत ल्याउँदा नेकपा एमालेकी मेयर उम्मेदवार मञ्जु भण्डारीले ९५१ मत ल्याएकी छन्। यस्तै, उपमेयरमा गठबन्धनका उम्मेदवार आइन्द्रबिक्रम बेघाले अग्रता लिएका छन्।  एमालेका उम्मेदवार पदम इस्वो लिम्बुले बेघालाई पछ्याइ रहेका छन्।  

सदरमुकाम इनरुवामा प्रारिम्भक मतगणनामा मेयर–उपमेयर पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयरका उम्मेदवार केदार भण्डारीले एक हजार २५५ मत ल्याएका छन भने एमालेका सरोज पोखरेलले ७०५ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसकी विनितादेवी मेहताले अग्रता लिएका हुन्। एमाले उपमेयर उम्मेदवार प्रवीण साहजादीले मेहतालाई पछ्याई रहेकी छन्।  

बराहक्षेत्रमा नगरपालिकाको मतगणनामा मेयरमा एमालेका निलम खनालले ५४८ मत ल्याउँदा  गठबन्धनका तर्फबाट काँग्रेसका रमेश कार्कीले ४७४ मत ल्याएका छन्। उपमेयरमा एमालेका उम्मदेवारले अग्रता लिएकी छन्।  

रामधुनीमा मेयरमा एमालेका शंकर चौधरीले एक हजार २०२ ल्याउँदा नेपाली काँग्रेसका सुदिप अधिकारीले ७१२ मत ल्याएर पछ्याइ रहेका छन्। उपमेयरमा पनि एमालेकै तारा थापाले अग्रता लिँदा काँग्रेसकी आशा चौधरीले पछ्याइ रहेकी छन्। 

दुहवी नगरपालिकामा पनि मेयरमा नेपाली काँग्रेसका वेद गच्छदारले अग्रता लिएका छन्। गछ्दारले एक हजार २३४ ल्याउँदा गठबन्धनका उम्मेदवार एमालेका विनय पोखरेलले एक हजार १८६ मत ल्याएका छन्। उपमेयरमा काँग्रेसकी मेनुका पोखरेलले अग्रता लिएकी छन्। यहाँ मेयरमा एमालेका पोखरेल र उपमेयरमा जनता समाजवादीका सरोज सिंह प्रतिस्पर्धामा छन्। सिंहले काँग्रेसका उपमेयरका उम्मेदवारलाई पछ्याइ रहेका छन्।

सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ। एमालेका अध्यक्षका उम्मेदवार महेन्द्रप्रसाद यादवले अहिलेसम्म ७५२ ल्याउँदा नेपाली काँग्रेसका नेपाली काँग्रेसका अजमल अख्तर मियाँले ८९६ मत ल्याएर पछ्याइ रहेका छन्।

 कोशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ। अध्यक्षमा जनता समाजवादी पार्टीका देवकृष्ण यादवले ९७९ मले अग्रता कामय राख्दा नेपाली काँग्रेसका ऐयुव अनसारीले ५२५ मतले पछ्याइ रहेका छन्। उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीकी अणुदेवी सरदारको अग्रता कायमै छ। उनलाई नेपाली काँग्रेसकी अनितादेवी यादवले पछ्याइ रहेकी छन्।  

सुनसरीकै हरिनगरमा अध्यक्षमा नेपाली काँग्रेसकै गफार अनसारीले ६४३ मले अग्रता कायम राख्दा एमालेका लस्करी अनसारीले ३६२ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसक रिमझिम भगतले अग्रता लिएकी छन्। भगतलाई एमालेकी उपाध्यक्ष उम्मेदवार कोशीलाकुमार साहुले पछ्याइ रहेका छन्।  

बर्जुमा अध्यक्षमा एमालेका उम्मेदवार जिवछकुमार रायले एक हजार २१३ मत ल्याउँदा नेपाली काँग्रेसका रघुनन्दन चौधरीले ९०६ मत ल्याएर पछ्याइ रहेका छन्। उपाध्यक्षमा एमालेकी  नितुकुमारी चौधरीले अग्रता लिएकी छन्। 

उपाध्यक्षमा संगीता रायले एमालेका उम्मेदवारलाई पछ्याई रहेकी छन्।  देवानगञ्जमा भने काँग्रेसका अध्यक्षका उम्मेदवार श्यामलाल महत्तोले एक हजार ४७ मत ल्याएर अग्रता कायम गरेका छन्। गढीमा एमालेका अध्यक्षका उम्मेदवारले अग्रता लिएका छन्।

राप्रपाबाट वडाध्यक्षमा विजयी

भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ।  वडा नंं. १ मा वडाअध्यक्षका उम्मेदवार लक्ष्मण मेहतासहित पुरै प्यानल राप्रपाले जितेको हो । मेहताले एक हजार ९० मत ल्याएर विजयी भएका हुन्। सो वडामा तीन हजार २ सय २८ मत मध्ये दुई हजार चार सय ७८ मत खसेको थियो। मेहताका निकटम प्रतिद्दन्दी नेपाली काँग्रेसका युवराज दाहालले ५४७ मत ल्याएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App