coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रौतहटको दुई वडामा कांग्रेस र एक वडामा लोसपा विजयी

रौतहटको विभिन्न पालिकामा मतगणना भइरहँदा दुई वडामा नेपाली काँग्रेस र एउटा वडामा लोसपा नेपालले जित हासिल गरेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका १ मा नेपाली काँग्रेसका बलराम राउतको सम्पूर्ण प्यानल नै विजयी भएको छ। चन्द्रपुरमा नेपाली काँग्रेसले मेयर तथा उपमेयरमा पनि अग्रता बनाएको छ।

दुर्गा भगवती गाउँपालिका १ को वडाध्यक्षमा नेपाली काँग्रेसका नेपाली काँग्रेसले जित हासिल गरेको छ तर औपचारिक घोषणा हुन बाँकी छ । गाउँपालिकाको वडा नम्बर १ बाट गाउँपालिका अध्यक्षमा भने नेकपा माओवादी केन्द्रले निकै फराकिलो अग्रता कायम गरेको छ।

ईशनाथ नगरपालिका १ को वडाध्यक्ष पदमा लोसपा नेपालका बिगु ब्यास साह विजयी भएका छन् । वडामा लोसपा नेपालको सम्पूर्ण प्यानल नै विजयी हुनुका साथै मेयर र उपमेयरमा पनि अग्रता कायम गरेको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App