१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रुकुममा कांग्रेसको विजयी सुरुवात

निर्वाचित वडा अध्यक्ष ज्ञानु चन्द।

रुकुम पश्चिममा कांग्रेसले जीतको सुरुवात गरेको छ। सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका वडा नं १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानु चन्द ९ सय २ मतले विजयी भएका छन्। 

उनले माओवादीका डम्बर थापालाई २९ मतान्तरले पराजित गरेका हुन्। यहाँ नगर प्रमुख र उपप्रमुखमा समेत कांगे्रस उमेद्वारको अग्रता छ।  

नगर प्रमुखमा कांग्रेसका महेन्द्र केसी १ हजार १० मत ल्याउँदा माओवादीका बसन्त शर्माले ७ सय ५८ मत ल्याएका छन्। मुसिकोटमा कांग्रेस, एमाले र माओवादी, समाजवादीको गठबन्धन छ। रुकुमको चौरजहारी नगरपालिकामा पनि कांग्रेस एमाले गठबन्धनको अग्रता छ। अधिल्लो स्थानीय तह निर्वाचनमा रुकुम क्लीनस्वीप पारेको माओवादी यो पटक अलि सकसमा छ।

प्रकाशित: ३१ वैशाख २०७९ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App