७ वैशाख २०८१ शुक्रबार
राजनीति

सिन्धुलीका पाँच पालिकामा गठबन्धनको अग्रता

मतगणना सुरु भएका सिन्धुलीका सबै पालिकामा गठबन्धनकै अग्रता देखिएको छ। सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका फिक्कल गाउँपालिकाले सार्वजानिक गरेको मतपरिणाम अनुसार सबै पालिकामा गठबन्धनका दलहरु अगाडी देखिएका छन्।

सिन्धुलीको मरिण गाउँपालिकामा राती २ बजेदेखि नै सुरु भएको मतगणना अनुसार गाउँपालिका अध्यक्षमा विमर्श मोक्तान प्रख्यात ४८२ मतसहित अग्रता लिएका छन् भने उनलाई नेकपा एमालेका गोबिन्दलाल माझीले ३९५ मतले पछ्याइरहेका छन्।

यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विमला माझीले ३६४ मत प्राप्त गरेकी छिन्। यस पालिकामा उम्मेदवार दिएकी नेकपा एमालेकी संगिता माझीले उम्मेदवारी फिर्ता लिएकी थिइन्। यसैगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका बज्रध्वज वाइवाले २९९ मतसहित अग्रस्थानमा छन् भने उनलाई नेकपा एमालेका मानबहादुर वाइवाले २७६ मतसहित पछ्याइरहेका छन्।

हरिहरपुरगढी गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका ३ सय १९ मतसहित अग्र स्थानमा आएका छन् भने नेकपा एमालेका निर्मला ठाडा मगरले २ सय ५३ मतले पछ्याइरहेका छन्। यसैगरी फिक्कल गाउँपालिकामा नृपबहादुर भुजेलले अध्यक्षमा ६६ मत प्राप्त गरेर मतगणनाको सुरुवात मै अग्रता लिएका छन् भने नेकपा एमालेकी पार्वती सुनुवारले ३० मत प्राप्त गरेकी छन्।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका लोकेन्द्रबहादुर कार्कीले ५३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजु बरालले ३६ मत प्राप्त गरेका छन्। यस्तै कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्रकुमार पोखरेलले ३० मत प्राप्त गरी सुरुवाती चरणमा अग्रता लिएका छन् भने नेकपा एमालेका महेन्द्रदेब श्रेष्ठले १० मत पाएका छन्।

यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठले मत पाएका छन् भने नेकपा एमालेका मञ्जु देवकोटाले १० मत प्राप्त गरेकी छिन्। यसैगरी घ्यालेख गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका जगत भोलनले ५७ मत पाएका छन् भने नेकपा एमालेका चर्तुमान लो ले  १६ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शंकरमान घलानले ३८ मत पाएका छन् भने नेकपा एमालेका प्रमिला वाइवाले १९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App