१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

घोराही उपमहानगरमा गठबन्धनको अग्रता कायमै

घोराही उपमहानगरपालिकामा सत्तरुढ गठबन्धनको अग्रता कायमै रहेको छ। गठबन्धनकातर्फबाट प्रमुखका उम्मेदवार माओवादीका हेमराज शर्मा एमालेका नरुलाल चौधरी भन्दा १ सय ९ मतले अगाडि छन्।

शर्माले ५ सय २९ मत प्राप्त गरेका छन् भने चौधरीले ४ सय २० मत प्राप्त गरेका छन्। यसैगरी उपप्रमुखमा पनि गठबन्धनका उम्मेदवार काङ्ग्रेसका भुप बहादुर डाँगीले अग्रता लिइरहेका छन्। 

डाँगीले ५ सय ५ मत प्राप्त गरेका छन् भने एमालेकी हुमा डिसीले ३ सय ३० मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ३१ वैशाख २०७९ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App