१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

भोक्राहा नरसिंह अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता, वडाअध्यक्षमा राप्रपाको अग्रता

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ। वडा नंं. १ बाट गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार महेन्द्रप्रसाद यादवले प्रारम्भिक चरणको मतगणनामा २७७ मत ल्याएर अग्रता लिएका छन्। 

एक हजार एक सय ९० मत गणना गर्दा यादवलाई नेपाली काँग्रेसका अजमल अख्तर मियाँले २६३ मत ल्याएर पछ्याइ रहेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसकी सुनिताकुमारी उराँवले अग्रता लिएकी छन्। उनले २६६ मत ल्याउँदा नेकपा एमालेकी सवितादेवी मेहता १४५ मतले पछ्याइ रहेकी छन्। 

यहाँ जनता समाजवादी पार्टीका महेन्द्र यादवले नै ११६ मत ल्याउँदा उपाध्यक्ष पुनमदेवी मेहताले २०४ मत ल्याएकी छन्। यस्तै, राप्रपाका अध्यक्षका उम्मेदवार रामप्रसाद यादवले २३४ मत ल्याउँदा उपाध्यक्ष आसमा खातुनले २५७ मत ल्याएकी छन्। वडा नंं. १ मा सवैभन्दा बढी राप्रपाका उम्मेदवारले वडाध्यक्षका लागि लक्ष्मण मेहताले ५१४ मत ल्याएर अग्र स्थानमा छन्। 

प्रकाशित: ३१ वैशाख २०७९ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App