१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाेलखामा कांग्रेसले खाता खाेल्याे, जिरीमा सांसद लामाकाे वडाबाट सेटै विजयी

दाेलखाकाे जिरी नगरपालिका १ मा वडा अध्यक्ष सहित सेट नै जित निकालेर जिल्लामा कांग्रेसले खाता खाेलेकाे छ। 

जिरी वडा नं१ बाट कांग्रेस उम्मेदवार आङपासाङ शेर्पा ले नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार साङ्गे शेर्पालाई १ सय २७ मतकाे अन्तरले हराउँदै जित निकालेका हुन्। 

आङपासाङले ४ सय ८३ मत ल्याए भने साङ्गेले ३ सय ५६ मत ल्याए। एमाले उम्मेदवार सुर्य बस्नेतले १ सय ६७ मत ल्याएर तेस्रो बने। नगरका ९ ओटा मध्ये एक नम्बर वडाकाे परिणाम आएकाे छ। 

याे वडामा कांग्रेसका मेयर उम्मेदवार लाक्पा शेर्पाले ६३८, माओवादी केन्द्रका वागी उम्मेदवार गेल्बु शेर्पाले १६१ र एमालेका नगर उम्मेदवार मित्र जिरेलले १३२ मत ल्याए। याे कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य सांसद जिपछिरिङकाे वडा हाे।

प्रकाशित: ३१ वैशाख २०७९ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App