८ वैशाख २०८१ शनिबार
राजनीति

रोल्पामा माओवादीको विजयी सुरुवातः ७ वडामा जीत

रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्।

यस्तै सुनिल स्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार पवन कवर विजयी भएका छन्। कवरले ७ सय  ७६ मतका साथ विजयी हासिल गर्दा एमाले–कांग्रेस र विप्लवका साझा उम्मेदवार ससिराम कवरले ३ सय ७४ मत पाएका छन।

यस्तै माओवादी केन्द्रले थबाङ गाउँपालिका–५ मा गोबर्धन घर्ती विजयी हासिल गरेका छन्। त्रिवेणी गाउँपालिका–१ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार देउराम घर्ती विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई पराजित गरेका हुन्। देउरामले ४ सय ८८ मत पाउँदा दिलबहादुरले ४ सय १२ पाएका छन्। यस वडामा ७६ मतान्तर रहेको छ।

माडि वडा न. १ मा माओवादी कै रोहित सिंह घर्तीमगर ८ सय ९० मतका साथ बिजयी भएका छन्। परिबर्तन गाउँपालिका वडा न. १ मा पनि माओवादीले जित हासिल गरेको छ। लुङग्री गाउँपालिका ७ मा पनि माओवादीका उमेद्वार विजयी भएका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App