१६ चैत्र २०८० शुक्रबार
राजनीति

तनहुँको आँबुखैरेनीमा दुई समूहको झडपः नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा दुई समूहबिच झडप हुदाँ नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ। मित्रता माध्यमिक विद्यालयको प्रवेशद्वार नजिकै नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरूबिच झडप भएको हो।

मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सकेर मतपेटिका शिल गर्ने बेलामा प्रवेशद्धार बाहिर दुई समूहको झडप भएपछि नियन्त्रणमा लिनलाई हवाई फायर गर्नुपरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक निरज डाँगीले बताए। ‘खाजा खाँदै गरेको १५/२० जनाको समूहले खाजा खाँदै गर्दा बाहिरबाट १५० देखि २ सय जनाको समूहले आक्रमण गरेका रहेछन्। हल्लाखल्ला भएपछि हामी त्यहाँ पुग्यौं। घटनालाई नियन्त्रणमा लिन खोज्दा युवाहरूको समूहले प्रहरीमाथि नै आक्रमण गर्‍यो। त्यसपछि हवाई फायर गर्नुपर्‍यो’ उनले भने। झडपलाई नियन्त्रणमा लिएर प्रहरीले मतपेटिका मतगणनास्थलमा सुरक्षित ल्याइसकेको छ।

मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा प्रहरीले दिउँसो अर्कैको नामबाट मतदान गर्न आएका दुई जना पुरुषलाई नियन्त्रणमा लिएको थियो। आँबुखैरनी–१ का नविन दवाडी र अरुणकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अझै छाडेको छैन्। दिउँसो ती दुईलाई नछाडे जे पनि हुन सक्नै भन्दै बेलाबेलामा चेतावनी समेत दिइएको थियो।

अर्कैको मतदाता नामावली लिएर आएकाको मतदान केन्द्रमा प्रवेश गरेर कर्मचारीहरू नाम रुजु गर्ने बेलामा नमिलेपछि प्रहरीलाई खबर गरिएको थियो।

त्यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो। साँझ ५ बजेपछि प्रहरीले नियन्त्रणमा लिएकालाई छाड्ने भने पनि अर्को घटना भएकाले छाडिएको छैन्। 

प्रकाशित: ३१ वैशाख २०७९ ०१:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App