६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

निर्वाचन आयोगले सात जिल्लाका केही मतदान केन्द्र अवरुद्ध भएपछि ३५ प्रतिशत भन्दा माथि मत खसेको जनाएको छ। स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको आयोगको भनाई छ।

आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशतमाथि मतदान भएको रेकर्ड आएको छ। मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएको छ। ती ठाउँमा पुनः मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७९ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App