१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस उपसभापतिले गरे मतदान

गुर्भाकोट नगरपालिका अन्र्तगतको सूर्यज्योति मावि केन्द्रमा आफ्नो मत खसाल्दै पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता पूर्णबहादुर खड्का। तस्विरः नगेन्द्र /नागरिक

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। उनले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित सूर्यज्योति माविको मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

मतदानपछि नागरिकसँग कुरा गर्दै कांग्रेस उपसभापति खड्काले संविधान र लोकतन्त्रको रक्षा गर्दै प्रतिगमन रोकेर शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गर्न तथा संविधान संशोधनमार्फत सबै समुदाय, क्षेत्र, वर्ग र लिंगका बाँकी रहेका थप अधिकारहरुलाई संविधानमा समेट्न स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको बताए।  

उपसभापति खड्काले विद्यमान तीन तहका सरकार मध्ये स्थानीय तहको सरकारको विशेष महत्व रहेको बताउँदै चुल्होको सरकार सञ्चालन गर्नका लागि जनताले योग्य र सक्षम नेतृत्व चयन गर्ने विश्वास पनि व्यक्त गरे।  

सुर्खेतमा विहान सात बजेतिर मतदान प्रक्रिया सुरु भएको छ। दुई लाख ३८ हजार ४५७ मतदाता रहेको सुर्खेतमा मतदानका लागि विहानै चार बजेदेखिनै मतदाताहरु मतदान केन्द्रमा पुगेर लाइनमा लागेका थिए। सुर्खेतमा एक सय ३८ मतदान स्थलमा दुई सय ९१ मतदान केन्द्र छन्। निर्वाचन सुरक्षाका लागि एक हजार म्यादी प्रहरीसहित एक हजार पाँच सय प्रहरी खटाइएको छ। 

प्रकाशित: ३० वैशाख २०७९ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App