४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशिल, चार हजार सुरक्षाकर्मी परिचालन

रुपन्देहीमा भोलि हुने स्थानीय निर्वाचनको तयारी पुरा भएको छ। जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या प्रसाद भण्डारीले भोलि हुने निर्वाचनको तयारी पुरा भएको बताए। जिल्लामा २०८ वटा मतदानस्थल निर्माण गरीएको छ।  

त्यसमा ७ सय वटा मतदान केन्द्र राखीएको छ। मतदानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको र मतदान स्थलमा सुरक्षाकर्मी र कर्मचारीहरु मतपत्रसहित पुगिसकेको भण्डारीले बताए।

जिल्ला सुरक्षा समितिले जिल्लाका १२८ वटा मतदान स्थललाइ संवेदनशीलको सूचीमा राखेको छ। त्यसमध्ये ६२ वटा अतिसंवेदनशीलको सुचीमा छन्। सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै संवेदनशील र अतिसंवेदनशील सुचीमा परेका केन्द्रमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरीएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले बताए।  

निर्वाचन सुरक्षाका लागि जिल्लामा ४ हजार सुरक्षाकर्मी  परिचालन गरीएको छ। नेपाल प्रहरी १ हजार ४ सय,सशस्त्र प्रहरी ६ सय  र २ हजार ४ सय म्यादी प्रहरी परिचालित गरिएको पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार पहिलो घेरामा म्यादी,दोश्रोमा प्रहरी र तेश्रोमा सशस्त्र प्रहरी रहनेछन। सेनाले मोबाइल गस्ती गर्ने छ।  

रुपन्देहीमा २८ वटा दल चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। जिल्लामा ६ लाख ३२ हजार ३६० मतदाता छन्। जसमा ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला छन्।  अन्यमा ८  जना मतदाता  रहेको निर्वाचन कार्यालयले जनाएको छ। यसपाली रुपन्देहीमा १ लाख ९ हजार ७५८ जना नयाँ मतदाता छन्। २०७४ को स्थानीय निर्वाचनमा रुपन्देहीमा ५ लाख २२ हजार ६०२ मतदाता थिए। बुटवल उपमहानगरपालिकामा यसपाली ९० हजार ६५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता रहेको बुटवलमा यसपाली १३ हजार ३४५ मतदाता थपिएका हुन्।

तिलोत्तमामा ८५ हजार ७४७ मतदाता छन्। सैनामैना नगरपालिकामा ५१ हजार २२ मतदाता छन। त्यस्तै देवदह नगरपालिकामा ४८ हजार २९१,सिद्धार्थनगर  नगरपालिकामा ४४ हजार ६५२ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता रहेको कार्यालयले जनाएको छ। सुद्धोधन गाँउपालिकामा २७ हजार ५७८,सम्मरीमाइमा २३ हजार ६८२ र सियारी गाँउपालिकामा २७ हजार ७५३ मतदाता छन्। कंचन गाँउपालिकामा २८ हजार ९७८, ओमसतियामा २३ हजार ९२३, कोटहीमाइमा २६ हजार २४२ मतदाताले भोट हाल्नेछन्। गैडहवा गाँउपालिकामा ३० हजार ३५१,मर्चवारीमा २२ हजार ७४७,मायादेविमा ३० हजार ४६४ र रोहीणी गाँउपालिकामा २६ हजार ९६९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २९ वैशाख २०७९ १२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App