१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सासुको मृत्यु भएपछि महराजगंज नगरपालिका उपमेयरको टिकट बुहारीलाई

महराजगंज नगरपालिकाकी कांग्रेसतर्फकी उपमेयर उम्मेदवार शोभावती कुर्मीको मृत्यु भएपछि उनकी बुहरीलाई उममेयरको उम्मेदवार बनाइएको छ। सासु शोभावतीको मृत्युपछि कांग्रेसले २८ वर्षीया जेठी बुहारी रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाएका हो। सोमबार मध्यरातमा ह्रदयघात भएर शोभावतीकाे मृत्यु भएपछि निर्वाचन कार्यक्रम समेत स्थगति गरिएको थियो। 

निर्वाचनको नया तालिका अनुसार अनमि समेत रहेकी रिताले बुधबार बिहान ११ बजेतिर मनोनय पत्र दर्ता गराएकी थिईन्। उनको प्रस्तावमा राजेन्द्र प्रसाद कुर्मी र समर्थकमा बुजशे कुमार जैसवाल रहेका छन्। शोभावतीकी जेठी बुहारी रिता कुमारी कुर्मीलाई उम्मेदवार बनाइ निर्वाचन कार्यालय महराजगंजमा बुधबार उम्मेदवारी दर्ता गराइएको नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले बताए। 

शोभावती कुर्मीको निधनपछि निर्वाचनको मिति स्थगित गरेर अर्को सूचना जारी गरी मतदानको मिति जेठ ३ गतेलाई तोकिएको महराजगंज नगरपालिकाका निर्वाचन अधिकृत कुवेर पाण्डेयले बताए। रिताले अनमी अध्ययन गरि जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा काम गर्दे आइकी थिइन्। उम्मेदवारी दिएपछी कुर्मीले आफ्नो सासुका अधुरा सपना साकार पार्नुको साथै नगरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा विकासका काम गर्ने योजना रहेको बताइन्। रिताका ससुरा कांग्रेस नगर सभापति हुन्।

प्रकाशित: २८ वैशाख २०७९ ११:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App