१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सचिव भट्टराईद्वारा मर्यादित प्रतिश्पर्धाका लागि आव्ह्वान

नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले स्वस्थ्य र मर्यादित प्रतिश्पर्धाका लागि सबै राजनीतिक दल र उम्मेदवारहरुलाइ आव्ह्वान गरेका छन्। 

उनले एमालेले गरेका रचनात्मक कार्यको बिरासतका कारण यसपटकको स्थानीय तहको निर्वाचनमा गठबन्धन पक्षलाइ सहजै पराजित गर्ने दावी समेत गरे। सोमबार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै नेता भट्टराईले हिजोका तीता मिठा बिर्सिएर पार्टी जिताउने महान अभियानमा लाग्न जिल्ला नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गरे। 

एमालेले सरकारका रहँदा प्रतिकुल परिस्थतिलाइ सहज बनाउन खेलेको भूमिका र गरेका रचनात्मक कामका कारण एमालेप्रति जनतामा रहेको आर्कषण र पछिल्ला दिनहरुमा भइरहेको पार्टी प्रवेशको उत्साहले एमाले बलियो शक्तिको रुपमा स्थापित भइसकेको भट्टराईको भनाइ थियो। 

दक्षिणतिर मात्रै आश्रित रहेको पारवहन र अन्तराष्ट्रिय सम्वन्धलाइ उत्तरतिर केन्द्रित गरी चीन र भारतसंगको सम्बन्ध अझ बलियो बनाउन एमालेले खेलेको भूमिकाले स्मरणयोग्य रहेको उनले दाबी गरे। विकासमा देखिएको परम्परागत मान्यतालाइ तोडेर एमालेले आधुनिक युगको जग बसाउन आधार तयार गरेको भन्दै उनले एमालेले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार गर्न अझै दायित्व लिनुपर्ने अवस्था आएको बताए। 

रेलमार्ग र सुरुङमार्ग जस्ता आधुनिक विकासको अवधारणा एमालेकै रहेको उनले बताए। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले एमालेले नेता कार्यकर्ताको उत्साहले लोभलाग्दो रहेको भन्दै यसले शुभ संकेत गरिसकेको बताए। 

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले पार्टी संगठन संगठित भइरहेको लागि रहेको र गठबन्धन शक्तिबीच देखिएको खटपटी र आन्तरिक द्वन्द्वले गठबन्धन शक्ति कमजोर भइसकेको आरोप लगाए। कार्यक्रममा एमाले जिल्ला अध्यक्ष भूपेन्द्र थेबे,पूर्वसांसद ओमप्रसाद ओझा,एमाले जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा,फुङ्लिङ नगरपालिकाका मेयर पदका उम्मेदवार छत्रपति प्याकुरेल,युवा संघका नेता क्षितिज थेबे लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: २७ वैशाख २०७९ ०९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App