१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

झडप नगर्न कार्यकर्तालाई अपिल

निर्वाचन मिति नजिकिंदै गर्दा दिनहुँजसो झडप भइरहेको रुकुममा स्थानीय राजनीतिक दलहरूले सहमतिको प्रयास गरेका छन्।

अन्यत्र जस्तो सत्ता गठबन्धन नभएको यहाँ माओवादी र कांग्रेस कार्यकर्ता बिच तिक्ततापूर्ण व्यवहार भइरहेको छ। केही दिन यता विभिन्न पाटीका दर्जन कार्यकर्ता घाइते हुने गरी भएका झडपले यतिबेला रुकुम त्रसित बनेको छ।

अति भएपछि जिल्लामा आयोजना गरिएको सर्वदलीय, सर्वपक्षीय बैठकमा शान्ति कायम गर्ने सहमति भएको हो। बैठकपछि माओवादी संयोजक गोविन्द रोका र कांग्रेस सभापति प्रेमप्रकाश वलीले संयुक्त अपिल समेत जारी गरेका छन्। स्थानीयत तह निर्वाचन २०७९ को प्रचारप्रसारको सिलसिलामा विगत केही दिन यता रुकुम पश्चिम जिल्लाका विभिन्न स्थानमा भइरहेका हुलदंगा तथा झडपको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रूपमा प्रस्तुत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोसाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरू भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न आआफ्नो पार्टी पंक्तिलाई निर्देशन गर्ने सहमति भएको हो।

अर्थमन्त्री जनार्दन शर्मा समेतको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र जिल्लास्थित राजनैतिक दलका शीर्ष नेतृत्वहरू सम्मिलित सर्वपक्षीय बैठकमा भएको उक्त सहमति पालना गर्नु गराउनु मातहतका सबै पार्टी निकायहरूको दायित्व भएकाले सोहीअनुसार गर्न/गराउन हुन हार्दिक अपिल गरेका हुन्।

प्रकाशित: २६ वैशाख २०७९ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App