२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

बर्दियामा उम्मेदवारको किचलोः ठूला दलभित्रै विद्रोहीको चाङ

जिल्लाको स्थानीय तहको चुनावी मैदानमा सफल भएका ठूला दल (नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र) भित्रै टिकट नपाएका नेता तथा कार्यकर्ता बागी उम्मेदवार बन्दा विद्रोहीको चाङ देखिन्छ। यसअघिको स्थानीय तहको निर्वाचनमा आठ वटा पालिकामा तीन–तीन पालिका माओवादी र एमालेले जित निकाले भने दुई वटा सिट कांग्रेसले सुरक्षित गरेको थियो।

ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी पंत्तिमा विद्रोही उठ्दा ठूला दलभित्रै ठूलो समस्या उत्पन्न भएको छ। राजापुर नगरपालिका माओवादी केन्द्रले नगरप्रमुख र उपप्रमुखमा जित निकालेका थिए।

राजापुर नगरपालिकाको १० वडा मध्य ७ वटामा काँग्रेसले जितेको थियो भने तीन वटा वडामा माओवादीले जितेको थियो। राजापुर नगरपालिकाको वडामा बर्चस्व जमाएको नेपाली कांग्रेसले यति बेला विद्रोहीलाई धमाधम कारबाही गरीरहेको छ। राजापुर वडा नं. १ काँग्रेसबाट बिद्रोह गरी वडाध्यक्षमा उठेका लोकराज ढुंगाना, प्रस्तावक बस्ने रामप्रसाद धमाला, राजापुर ७ नम्बरका वडाध्यक्षका विद्रोही उम्मेदवार रत्नाकर राना, राजापुर नपा १० का वडाध्यक्षका उम्मेदवार रामकृष्ण चौधरी र प्रस्तावक नारायणबहादुर शाहीलाई कारबाही गरेको छ। तर राजापुर नगरपालिकामा भने एमाले तेस्रो बरियतामा रहेपनि बागी उम्मेदवारको नउठेको पाइएको छ।  

यस्तै माओवादीका बर्दिया ईन्चार्ज शन्तकुमार थारु र लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गाबाहादुर थारुले ठाडो हस्तक्षेप गर्दा यसअघिका नगरप्रमुख शिवप्रसाद थारु लगायत विद्रोही बनेको खुलासा भएको छ। राजापुर नगरपालिका कमिटीका अध्यक्ष चिन्तामणि आचार्यले निर्णय गरेर पठाएको नामावलीमा ईन्चार्ज शन्त र उपाध्यक्ष दुर्गाले उम्मेदवारीमा हस्तक्षेप गर्दा माओवादीले सोचे जस्तो परिणाम राजापुर नगरपालिकामा नआउने कार्यकर्ता बताउँछन्। नेताले ठाडो हस्तक्षेप गर्दा चार वटा वडामा माओवादी विद्राही बनेको खुलेको छ।  

नेपाली काँग्रेसले आसन्न निर्वाचनका लागि नगरप्रमुखमा यसअघि पराजित भएका दिपकजंग शाहलाई पुनः दोहोर्‍याएको छ भने माओवादीका प्रदेश सांसद राजेश थारुले सांसद परित्याग गरी माओवादीबाट नगरप्रमुखमा उम्मेदवारी दिएका छन्।  

गेरुवा गाउँपालिकामा नेपाली काँग्रेसले पालिका अध्यक्षमा पुनः जमान सिंह केसीलाई उम्मेदवारी दिएको छ। यसअघि पालिकामा विजयी भएका केसीलाई पुनः काँग्रेसले दोहोर्‍याएको हो। यसअघिको निर्वाचनमा दोस्रो बरियता क्रममा मत प्राप्त गरेको माओवादीले विश्वबहादुर थारुलाई उम्मेदवारी दिएको छ। गेरुवा ठूला दलका वडाध्यक्ष लगायतमा तीन–तीन वटा उम्मेदवार विद्रोही उठेको पाइएको छ।  

यस्तै, यसअघिको स्थानीय निर्वाचनमा मधुवन नगरपालिकामा माओवादीको नगरप्रमुख, उपप्रमुख माओवादी बर्चस्व रह्यो। मत प्राप्त गर्ने दोस्रो बरियता क्रममा नेपाली काँग्रेस बन्यो। पहिलो बनेको माओवादीमा टिकट वितरण गर्ने बेला पार्टी भित्रको बिबाद उत्कर्षमा पुग्यो। निवर्तमान नगरप्रमुख कृष्ण केसी जनता माझ लोकिप्रिय बनेपनि माओवादीले टिकट दिएन।

कोराेनाकालमा र जनताबीच सहकार्य र समन्वय निवर्तमान केसीको उत्कृष्ट रहेको माओवादी बृत्तमा चर्चा छ। माओवादीका पुराना कार्यकर्ता लक्ष्मीप्रसाद उपाध्यायलाई जबरजस्त तरिकाले ईन्चार्ज शन्त र उपाध्यक्ष दुर्गाले केसीलाई पाखा लगाउँदा अधिकांस माओवादी कार्यकर्ता रुष्ट छन्। द्वन्द्वकालमा चन्दा उठाउने जिम्मा पाएका माओवादीबाट टिकट पाएका उपाध्याय मधुवन नगरबासी अलोकप्रिय मानिन्छन्।

यस्तै,नेपाली काँग्रेसले मधुवन नगरपालिकामा शन्त नेता भनेर चिनिने तेजु भाटलाई उम्मेदवार उठाएको छ। नेपाली काँग्रेसले सादगीलाई टिकट दिएको चर्चा गरेपनि नेपाली काँग्रेसबाट विद्रोही उठेका छन्।  

मधुवन नगरपालिका ३ का नारायण मल्ल, प्रस्तावक शरदकुमार राई, खुल्ला सदस्यमा कुलबहादुर बुढा मगर, प्रस्तावक रामबहादुर मगर रोईना समर्थक, प्रसादी थारु खुल्ला सदस्य, जितबहादुर थारु, मधुवन नपा तीनका स्वतन्त्र उम्मेदवारका समर्थक र प्रस्तावक मस्तबहादुर केसी, फुलाराम चौधरी समर्थक, स्वतन्त्र खुल्ला महिला सदस्य राम प्यारी (समर्थक)लाई कारबाही गरेको छ।  

यस्तै मधुवन नगरपालिकाको चार वटा वडामा माओवादीको विद्रोही खडा भएका छन्। जसले माओवादीलाई बर्चस्व हुँदाहुँदै कमजोर सावित गरेको छ। यसअघिका उपप्रमुखका पति फुलाराम थारु नै माओवादी तर्फका विद्रोही उम्मेदवार हुन्। मधुवनमा एमालले तर्फका नगर प्रमुखका उम्मेदवार धर्मराज थापालाई यतिबेला सजिलो भएको छ।

यस्तै ठाकुरबाबा, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिका एमालेले स्थानीय तहमा निर्वाचनमा जित निकालेको थियो। ठाकुरबाबा नगरपालिकाका घन नारायण श्रेष्ठको नैतिकतामा कार्यकर्ताले टिप्पणी गरेका कारण कमजोर मानिन्छन्। बेरुजु, विकास र अनुदान वितरण एकलौटी ढंगले वितरण गरेको श्रेष्ठ माथी लागेको अर्को आरोप हो। श्रेष्ठका विरुद्ध विद्रोही उम्मेदवारी दिने चार वटा वडा छन्। एमालेको विद्रोही बढी भएकाले माओवादी उम्मेदवार बनाएका नेत्रप्रसाद आचार्य र नेपाली काँग्रेका तिलक लम्सालबीच नगरप्रमुखमा प्रतिस्पर्धा हुने आँकलन छ।  

तर ठाकुरबाबा नगरपालिका अघिल्लो निर्वाचनको रेर्कड हेर्दा माओवादी मत प्राप्त गर्ने दोस्रो बरियता क्रममा पर्दछ। बाँसगढी नगरपालिकामा कार्यसम्पादनमा मूल्यांकनमा पछि परेको भन्दै शालिकराम अधिकारीलाई हटाएर एमालेले खडकबहादुर खड्कालाई उम्मेदवार उठाएको छ। दोस्रो बरियतामा क्रममा माओवादी मत प्राप्त गरेका बाँसगढी माओवादीका भवन थारुलाई उठाएको छ। मत प्राप्त गर्ने तेस्रो नम्बरमा रहेको नेपाली काँग्रेस,एमाले र माओवादीबाट विद्राेही उम्मेदवार उठ्नेमा कमि छैन।  

बढैयातालमा एमालेका तर्फबाट ईन्चार्ज लालबहादुर गाउँपालिका अध्यक्षमा दोहोरिएका उम्मेदवार हुन्। श्रेष्ठका विरुद्धमा वडाध्यक्षमा तीन वटा बागी उम्मेदवार छन्। श्रेष्ठ बिबादित पालिका अध्यक्ष मध्यमा पर्छन्। दोस्रो बरियता क्रममा मत ल्याउने माओवादीबाट अध्यक्षमा हिमालय त्रिपाठीलाई पैसा खर्च सक्ने भनेर उम्मेदवारी दिएका कारण माओवादी बृतमा चर्को बिबाद छ। पाटीका पुराना माओवादी लल्लु प्रसाद थारु र बविता पौडेल उम्मेदवार नबनाउँदा कार्यकर्ता रुष्ट भएका छन्। बढैयातालमा काँग्रेस तेस्रो भएपनि विद्राेही उम्मेदवार बनेका छन्।  

बारबार्दिया नगरपालिकामा माओवादीबाट चुनाव जितेका दुर्गाबहादुर थारुको  वडाबाटै सिफारिस नहुँदा नगरप्रमुख उम्मेदवारबाट बन्चित भए। नगर प्रुमख थारु अहिलेका माओवादीबाट लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन्। बारबर्दियाका निर्वतमान नगर प्रमुख थारुले टिकट नपाएको झोकमा जिल्लाको टिकट वितरणमा हस्तक्षेप गर्दा माओवादी कमजोर भएको कार्यकर्ताले आँकलन गरेका छन्। वारबर्दियामा माओवादीले जवरजस्त तरिकाले जुनियर सुधिन थारुलाई टिकट दिँदा माओवादीले बलियो पालिका गुमाउँने पर्ने अवस्थामा आएको कार्यकर्ताको आँकलन छ।

माओवादीबाट बागी हुने नगरपालिका मध्य एक नम्बरमा बारबर्दिया नगरपालिका पर्दछ। तर, काँग्रेस र एमाले बागी उम्मेदवारबाट अछुतो छैन। गुलरियामा माओवादीका बागी उम्मेदवार धेरै छन्।माओवादी नगर प्रमुख यसअघि पराजित भएका गेहेन्द्र ढकाललाई उम्मेदवार बनाएको छ। अघिल्लो चुनावको रेर्कड हेर्दा माओवादीले तेस्रो अंकमा मत प्राप्त गरेको थियो। गुलरियामा नेपाली काँग्रेसका मुत्तिनाथ यादव र एमालेका अमर खड्काबीच नगरप्रमुखमा प्रतिस्पर्धा हुने आंकलन छ।

नेपालीका काँग्रेसका सहमहामन्त्री किशोर राठोर र केन्द्रीय सदस्य  संजय गौतममा लोकप्रियका आधारमा टिकट वितरण नगरेर नजिकका कार्यकर्ता उम्मेदवारी दिएको आरोप छ। तर सरसर्ती हेर्दा टिकट पाउने देउवा पक्षका निकट कार्यकता धेरै छन्। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गौतम पौडेल पक्षधर हुन्। पौडेल पक्षधर एकजनाले नेपाली काँग्रेसबाट टिकट पाएका छन्।

प्रकाशित: २० वैशाख २०७९ १४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App