१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बागलुङमा ११९ जनाले उम्मेदवारी फिर्ता लिए

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बागलुङका ११९ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उम्मेदवारी फिर्ता गर्ने समय शुक्रबार साँझ ५ बजेसम्म जिल्लाभर ११९ जनाले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन पेश गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्। जिल्लाको ढोरपाटन नगरपालिकाबाट सबैभन्दा धेरै ३५ जना र तमानखोला गाउँपालिकाबाट १ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन्। बागलुङ नगरपालिकाबाट २९ जनाले उम्मेदवारी फिर्ता गर्दा गलकोट नगरपालिकाबाट ८ जनाले आफ्नो उम्मेदवारी फिर्ता गरे।

जैमिनी नगरपालिकाबाट ११ जना, बडिगाड गाउँपालिकाबाट ७ जना, निसीखोला गाउँपालिकाबाट ९ जना, बरेङ गाउँपालिकाबाट ८ जना, काठेखोला गाउँपालिकाबाट ९ जनाले उम्मेदवारी फिर्ता गरेका हुन्। बागलुङ नगरपालिकाबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाल विद्यार्थी संघका नेता दिनेश पन्तले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनले उम्मेदवारी चयनमा पार्टीले गरेको निर्णयप्रति असन्तुष्टी जनाउँदै मेयरमा उम्मेदवारी दर्ता गरेका थिए। नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन भएपछि राप्रपाबाट मेयर उम्मेदवार बनेकी सञ्जु नेपाली र एमालेबाट उपमेयर बनेकी पवित्रा रोकाले पनि उम्मेदवारी फिर्ता गरेकी छिन्।

बानपा—१ बाट स्वतन्त्र वडाध्यक्ष बनेका राजेश श्रेष्ठ, बानपा—३ का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार निशान खड्का, बानपा—४ का स्वतन्त्र वडाध्यक्ष हरिबहादुर जिसी। डिल्लीप्रसाद आचार्य, बानपा—७ का वडाध्यक्ष उम्मेदवार मानबहादुर कार्की, हेमराज गौतमले पनि उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले बताए। जिल्लाको ढोरपाटन नगरपालिकाट नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएका ४ जना, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका २ जना वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका ९ जना र अन्य वडा सदस्यमा दर्ता गराएका गरी जम्मा ३५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको लिएका छन्।

सहायक निर्वाचन अधिकारी ऋषिराम रिजालका अनुसार नगरप्रमुखमा जसपाबाट गंगाबहादुर घर्ति, र स्वतन्त्र रुपमा उम्मेदवार दिएका दलबहादुर भण्डारी, गणेशकुमार थापा, शैलेश घर्तीमगरले उम्मेदवारी फिर्ता गरेका छन्। उपप्रमुखमा स्वतन्त्रबाटै उम्मेदवारी दिएकी काँग्रेस नेतृ दिलमाया पौवी र भिमकुमारी क्षेत्रीले पनि उम्मेदवारी फिर्ता दिएको सहायक निर्वाचन अधिकृत रिजालले जानकारी दिए। वडा अध्यक्षमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका वडा नम्बर २ का उम्मेदवार शंकर बहादुर कुँवर र राप्रपाको वडा नम्बर ६ का तुलबहादुर भण्डारी रहेका छन। अन्य वडा अध्यक्षका उम्मेदवार भने सबै स्वतन्त्र रुपमा दर्ता गरेकाले फिर्ता लिएका छन।

स्वतन्त्रमध्ये। वडा नम्बर ९ का कर्ण बहादुर विक वडा नम्बर ५ का शिवध्वज पुन र दिलीप कुमार विक, वडा नम्बर ७ का कुलबहादुर विक, वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार दिपक बुढा मगर वडा नम्बर ४ का थमबहादुर कार्की र वडा नम्बर ५ का भरत कुँवरले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन। गलकोट नगरपालिकामा नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गुमानसिंह बुढा, २ जना वडा अध्यक्ष र ५ जना वडा सदस्यले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत नेत्र प्रसाद भुषालले जानकारी दिए। फिर्ता लिनेमा वडा नम्बर ५ का वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार ललितबहादुर श्रीस मगर, वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार भिमबहादुर विश्वकर्मा रहेका छन्।

बडिगाडमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका अनिल गिरी र स्वतन्त्र उपाध्यक्ष दिएका काँग्रेस नेता यामेन्द्र घर्तीले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। ताराखोलामा वडा नम्बर ३ मा वडाध्यक्ष उम्मेदवार तुलसीराम घर्ती मगरले उम्मेदवारी फिर्ता लिए। तमानखोलामा स्वतन्त्र रुपमा गाउँपालिका अध्यक्ष उम्मेदवारी दर्ता गरेका नरेन्द्र कुमार छन्त्यालले उम्मेदवारीको लिष्टबाट आफ्नो नाम फिर्ता गरे। काठेखोला गाउँपालिकामा अध्यक्षको स्वतन्त्र उम्मेदवार डिलबहादुर विक र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका काँग्रेस नेता चित्रबहादुर कार्कीले उम्मेदवारी फिर्ता गरेका छन्।  

काठेखोला गाउँपालिका—१ बाट स्वतन्त्र अध्यक्षमा उम्मेदवारी दिएका गणेश नेपाली र टिकाबहादुर थापाले उम्मेदवारी फिर्ता दिए। वडा नम्बर ६ मा वडाध्यक्षको स्वतन्त्र उम्मेदवार धनपति निउरे पनि फिर्ता भएका छन्। जैमिनी नगरपालिकामा दुई जना प्रमुख र दुइै जना उपप्रमुखले उम्मेदवारी फिर्ता लिए। नगरप्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शिवलाल सापकोटा, जयराम आचार्य र उप्रमुखको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रुद्रकुमारी रोका क्षेत्री र कृष्णराज पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

जैमिनी ८ मा स्वतन्त्र उम्मेदवार पदमबहादुर पुन, वडा नम्बर १० का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार पुरण श्रीस र वडा नम्बर १ का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार डिल्लीप्रसाद शर्मा र ताराबहादुर थापाले उम्मेदवारी फिर्ता गरे। निसीखोलामा वडाध्यक्षमा उम्मेदवारी दिएका पाँच जनाले उम्मेदवारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७९ १५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App