१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीप्रति थापाको टिप्पणीः 'जसको मुखमा अङगार छ, उसले ओकल्ने कालै हो'

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कालो ओकल्ने गरेको टिप्पणी गरेका हुन्।

ओलीले मंगलबार एक कार्यक्रमका बिच कांग्रेसको घोषणापत्रको सन्दर्भलाई उल्लेख गर्दै महामन्त्री थापाले ओलीले मुख छाड्नु नौलो कुरा नभएको बताए। उनले मुखमा अङ्गार हुनेले कालै ओकल्ने बताए। ओलीले आफूले बोलेको झुटलाई चुनौती दिने मानिसलाई सनक्क सन्किएर पागल भन्ने गरेको पनि उनले बताए।

ओलीले विगतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र चिकित्सक गोविन्द केसीलाई पनि पागल भनिसकेको उल्लेख गरे। महामन्त्री थापाले ओलीलाई आफ्नो प्रशंशाको एकलाप सुन्ने बानि भएको भन्दै कांग्रेसको घोषणापत्रले उनको झुटको पर्दापास गरेकाले रिस उठेको बताए। उनले ओलिलाई लजिक मन नपरेर म्याजिक मन पर्ने गरेको टिप्पणी गरे।

घोषणापत्रमा लजिकको कुरा भएको र म्याजिकको कुरा नभएकाले ओलीलाई मन नपरेको उनको भनाइ छ। उनले केपी ओलीलाई ट्युशन पढाउन बालकोट जाने बताए। ओलीले आफूले अघि सारेको समुन्नत नेपालको अवधारणालाई चोरेको आरोप लगाएको भन्दै उनले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको विचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने भएको बताए।

उनले ओलीको समृद्धिमा अहंकार भएको बताए भने आफ्नो समुन्नत नेपालमा मानिसको जिवनमा भएको दुःखलाई समाधान गर्ने खोजि भएको उल्लेख गरे। थापाले ओलीको समृद्धि र आफ्नो समुन्नत नेपालको अवधारणाको सम्बन्धमा नेकपा (एमाले) का नेताहरुसँग बसेर बहश गर्न तयार रहेको चुनौती पनि दिए। उनले स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन पनि दिए।

प्रकाशित: १४ वैशाख २०७९ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App