५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार

ताप्लेजुङमा दुई जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबै जना जनता समाजवादी पार्टीका हुन्। फुङलिङ नगरपालिकाको प्रमुखमा बिमला दाहाल र फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा मञ्जिता लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

उपप्रमुख/उपाध्यक्षमा सबैभन्दा बढी महिला उम्मेदवारी एमालेले दिएको छ। बिना गठबन्धन चुनावी मैदानमा उत्रिएकोले एमालेलाइ प्रमुख/अध्यक्ष वा उपप्रमुख/उपाध्यक्षमा कम्तिमा एक महिला उम्मेदवारी दिनु अनिवार्य रहेको छ। वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना र एमालेले १ जना महिलालाई उम्मेदवार बनाएको छ।

राप्रपाले फुङ्लिङ नगरपालिका वडा नं ४ बाट सुशिला लिम्बू र वडा नं ५ बाट बिष्णुमाया राईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। एमालेले सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाबाट कृष्णकुमारी साउदेनलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले सिरिजङ्गा वडा नं १ सिनाम र फुङ्लिङ नगरपालिका वडा नं ५ मा महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। महिलातर्फ फुङ्लिङ नगरपालिकामा एमालेले भीमादेवी ओझा, राप्रपाले निर्मला इजम थापा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले अमृता गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाएको छ।

उमादेवी गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छन्। सिदिङ्वा गाउँपालिकामा एमालेले रेणुका पन्दाक र गठबन्धनबाट माओवादी केन्द्रले कृष्णकुमारी कडरिया(बन्दना)लाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। गठबन्धनबाट पुरुष प्रतिस्पर्धी भएको आठराइ त्रिबेणीमा एमालेले शान्ताकुमारी आङ्वुहाङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

मैवाखोला गाउँपालिकाको उपाध्यक्षमा भने दुई महिला प्रतिस्धर्पी बनेका छन्। एमालेबाट कौशिला थत्लुङ र गठबन्धनकातर्फबाट कांग्रेसका कमलकुमारी लिम्बू प्रतिस्पर्धी छन्। मिक्वाखोला गाउँपालिकामा जसपाले नरमायाँ साँवा र एमालेले मिनाकुमारी केदमेलाई उपाध्यक्षका लागि मैदानमा उतारेको छ। त्यहाँ अरु सबै पुरुष प्रतिस्पर्धी छन्।

मेरिङ्देनमा एमालेका टीकामाया लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रुपा चोङ्वाङ महिला उपाध्यक्ष उम्मेदवार हुन्। अरु सबै पुरुष छन्। पाथीभरा याङ्वरकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका इन्द्रकुमारी लिम्बू, एमालेका रनमाया गुरुङ र स्वतन्त्र उम्मेदवार भीमकुमारी कार्की उपाध्यक्षका लागि महिला उम्मेदवार हुन्।

सिरिजङ्गामा र फक्ताङ्लुङमा एमालेका क्रमशः तुलसा बस्नेत र शान्तिमाया लिम्बू पौडेल उपाध्यक्षको महिला उम्मेदवार हुन्। उल्लेखित बाहेक प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षमा सबै पुरुष प्रतिस्पर्धी रहेका छन्।

प्रकाशित: १४ वैशाख २०७९ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App